स्लोभानियालाई पेनाल्टी सुटआउटमा ३-० ले हराउँदै पोर्चुगल युरो कपको सेमिफाइनलमा

स्लोभानियालाई पेनाल्टी सुटआउटमा ३-० ले हराउँदै पोर्चुगल युरो कपको सेमिफाइनलमा

  • Kandara Samachar

  • मङ्लबार, असार १९, २०८१

  • 137
    SHARES
स्लोभानियालाई पेनाल्टी सुटआउटमा ३-० ले  हराउँदै पोर्चुगल  युरो कपको सेमिफाइनलमा

 

 

युरो कप अन्तर्गत अन्तिम १६ मा आज भएको पोर्चुगल र स्लोभानिया बीचको सनसनीपूर्ण खेलमा पोर्चुगलले पेनाल्टी सुटआउटमा खेल ३- 0  ले आफ्नो पक्षमा पारेको छ। निर्धारित समयमा खेल पूरा हुन नसकेपछि थपिएको अतिरिक्त समयमा पनि दुवै तर्फबाट कुनै पनि गोल हुन सकेन। अतिरिक्त समयमा  पोर्चुगलले पेनाल्टी पाए पनि स्लोभानियाका  गोलकिपरले क्रिस्टेनो रोनाल्डोले हानेको पेनाल्टी किकलाई रोकिदिएका थिए।

 अतिरिक्त समयमा पनि खेल पूरा हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टी सुटआउटमा पोर्चुगलका गोलकिपर डियागो कोस्टाले स्लोभानियाका तीनवटा पेनाल्टीहरु लगातार रोकिदिएका थिए।  जितसँगै पोर्चुगल  क्वाटर फाइनलमा प्रवेश गरेको छ।  अन्तिम चारको लागि पोर्चुगलको भिडन्त अब आउने शुक्रबार फ्रान्ससँग हुनेछ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar