धादिङ ।
धादिङ जिल्ला स्तरीय १५ औँ राष्ट्रपति रानिङसिल्ड प्रतियोगिताको उपाधि सहितको रनिङ सिल्ड नीलकण्ठ नगरपालिकाले २० स्वर्ण पदक जितेर हात पारेको छ । धादिङबेसीमा तिनदिनसम्म संचालन भएको राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा नीलकण्ठ नगरपालिकाले ५४ स्वर्णपदक मध्ये २० स्वर्ण, ९ रजत र ९ कास्य पदक सहित ३८ पदक जितेको छ । रुबीभ्याली गाउँपालिकाले ९ स्वर्ण, २ रजत र १ कास्य पदक जितेर द्वितिय, र गजुरी गाउँपालिकाले ८ स्वर्ण, ९ रजत र ७ कास्य पदक जितेर तृतिय भएको छ । जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा ज्वालामूखी गाउँपालिकाले ५ स्वर्ण, ५ रजत र ९ कास्य, थाक्रे गाउँपालिकाले ४ स्वर्ण, ५ रजत र ७ कास्य, त्रिपुरासुन्दरी गाउँपालिकाले ३ स्वर्ण, ७ रजत र ५ कास्य, गल्छी गाउँपालिकाले १ स्वर्ण, ६ रजत र १२ कास्य, सिद्धलेक गाउँपालिकाले १ स्वर्ण, ७ रजत र ३ कास्य, धुनीबेसी नगरपालिकाले १ स्वर्ण, २ रजत र ९ कास्य, नेत्रावतीडबजोङ गाउँपालिकाले १ स्वर्ण, १ रजत र १ कास्य, गंगाजमुना गाउँपालिकाले १ स्वर्ण, र २ कास्य र बेनिघाटरोराङ गाउँपालिकाले १ कास्य पदक जितेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रमेशमान तुलाधरले बताउनुभयो ।
खनियाबास गाउँपालिकाले भनेकुनै पदक जित्न सकेन ।
नीलकण्ठ नगरपालिका प्रमुख भीम ढुंगानाको प्रमुख आतिथ्यमा भएको पुरस्कार वितरण तथा समापन समारोहमा बोल्दै खेलक्षेत्रको विकासका स्थानीइ सरकार लागि रहेको र अन्तर्राष्ट्रिय स्तरको खेलकुदमा नगरपालिकाका खेलाडी सहभागि हुनेगरि खेल्दा सहयोग गर्दै आएको बताउनुभयो । नीलकण्ठ नगरपालिकाले उल्लेख्य रुपमा खेलकुद विकासमा योगदान गरेको ढुंगानाको भनाइ छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप तामाङले नियमित रुपमा खेलकुदको विकासमा स्थानीइ सरकारले सहयोग गर्दै खेल क्षेत्रको विकासमा सघाएको बताउनुभयो ।