शहीद मेमोरियल अस्पतालको २०औँ र प्राविधिक शिक्षालयको १४औँ वार्षिक साधारण सभा सम्पन्न

शहीद मेमोरियल अस्पतालको २०औँ र प्राविधिक शिक्षालयको १४औँ वार्षिक साधारण सभा सम्पन्न

  • Kandara Samachar

  • शनिबार, मंसिर १३, २०८३

  • 28
    SHARES
शहीद मेमोरियल अस्पतालको २०औँ र प्राविधिक शिक्षालयको १४औँ वार्षिक साधारण सभा सम्पन्न
oplus_2
धादिङ ।

धादिङ जिल्लाकै पहिलो निजी अस्पतालका रूपमा परिचित शहीद मेमोरियल अस्पतालको २०औँ तथा शहीद मेमोरियल प्राविधिक शिक्षालयको १४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

अस्पतालका अध्यक्ष विष्णुलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाको प्रमुख आतिथ्यता बागमती प्रदेशका पूर्वसांसद तथा पूर्व सामाजिक विकास राज्यमन्त्री डा. रामकुमार अधिकारीले गर्नुभएको थियो। अस्पतालले सेवा र गुणस्तर थपगर्दै १०० शैया संचालनकाे व्यवस्था गर्न प्रमुख अतिथि अधिकारे आग्रह गर्नुभयाे ।

कार्यक्रममा बागमती प्रदेश सूचना पुनरावेदन समितिका अध्यक्ष कृष्णराज अधिकारी, धादिङ अस्पतालका निमित्त निर्देशक डा. नवीन महासेठ, शिक्षा विकास तथा समन्वय इकाइ धादिङका प्रमुख कृष्णकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी, प्राविधिक शिक्षालयका अध्यक्ष बालकृष्ण नेपालीलगायतको उपस्थिति रहेको थियो।

२०६३ साल चैतमा १५ शय्याको स्वीकृति प्राप्त गरी स्थापना भएको शहीद मेमोरियल अस्पताल २०७९ सालदेखि ५० शय्यामा स्तरोन्नति भई सेवा सञ्चालन गर्दै आएको छ। हाल धादिङबेँसीको मुख्य बजार क्षेत्रमा सञ्चालित अस्पतालमा  ९५ जना शेयर सदस्य आबद्ध छन्।

स्थापनाकालदेखि नै जिल्लावासीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालले दुई दशकको अवधिमा धादिङको निजी स्वास्थ्य सेवाको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। अस्पतालले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै स्थानीयस्तरमै उपचार सेवा उपलब्ध गराउन भूमिका निर्वाह गर्दै आएको छ।

वार्षिक साधारण सभाले अस्पताल तथा शिक्षालयको हालसम्मको प्रगति, सेवा प्रवाह र व्यवस्थापनको समीक्षा गर्दै आगामी कार्यदिशाबारे छलफल गर्ने अवसर प्रदान गरेको छ।

कार्यक्रमको सञ्चालन शिक्षालयका सचिव कृष्णप्रसाद ढकाल ‘शिशिर’ले गर्नुभएको थियो।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar