ठाकुरप्रसाद शर्मा प्रतिष्ठानद्वारा शिक्षासेवीहरुलाई पुरस्कार, सम्मान तथा छात्रवृत्ति अर्पण

ठाकुरप्रसाद शर्मा प्रतिष्ठानद्वारा शिक्षासेवीहरुलाई पुरस्कार, सम्मान तथा छात्रवृत्ति अर्पण

  • Kandara Samachar

  • शुक्रबार, मंसिर ५, २०८३

  • 41
    SHARES
ठाकुरप्रसाद शर्मा प्रतिष्ठानद्वारा शिक्षासेवीहरुलाई पुरस्कार, सम्मान तथा छात्रवृत्ति अर्पण

धादिङ, ।
धादिङको गजुरी गाउँपालिका–१ मा रहेको ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले शिक्षा, पत्रकारिता, समाजसेवा, कला–संस्कृति तथा युवा प्रतिभाको क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्व र उत्कृष्ट विद्यार्थीलाई विभिन्न पुरस्कार, सम्मान तथा छात्रवृत्ति प्रदान गरेको छ।
प्रतिष्ठानको आयोजनामा गजुरीमा शुक्रबार सम्पन्न पुरस्कार, सम्मान तथा छात्रवृत्ति अर्पण समारोहमा विभिन्न नौ विधामा पुरस्कार तथा छात्रवृत्ति प्रदान गरिएको हो। प्रतिष्ठानका अध्यक्ष डा. सदानन्द कँडेलको अध्यक्षता तथा आदर्श मावि गजुरीका संस्थापक हेडमास्टर एवं पूर्वराज्यमन्त्री ठाकुरप्रसाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
समारोहमा आदर्श शिक्षक पुरस्कारबाट स्वर्गीय पूर्णानन्द भट्ट (मैदी) लाई मरणोपरान्त सम्मान गर्दै नगद २५ हजार रुपैयाँ प्रदान गरिएको छ। त्यसैगरी, धादिङ जिल्लामा पहिलो हाईस्कुल स्थापनाका लागि महत्त्वपूर्ण आर्थिक सहयोग पुर्‍याउनुका साथै आदर्श माध्यमिक विद्यालयको संस्थागत विकासमा दीर्घकालीन योगदान गर्नुभएका स्वर्गीय रामदास श्रेष्ठलाई आदर्श शिक्षासेवी पुरस्कार प्रदान गरिएको छ। गजुरी गाउँपालिका–१, गजुरी बजार निवासी श्रेष्ठलाई मरणोपरान्त नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो।
श्रेष्ठले आदर्श माध्यमिक विद्यालयको स्थापनादेखि नै विद्यालयको विकास र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। विद्यालय सञ्चालक समितिको जनस्तरबाट निर्वाचित पहिलो अध्यक्ष बन्नुभएका उहाँले २०२७ सालदेखि लगातार २७ वर्षसम्म सञ्चालक तथा व्यवस्थापन समितिमा रहेर योगदान पुर्‍याउनुभएको थियो। उहाँको शैक्षिक योगदानको कदर गर्दै आदर्श माध्यमिक विद्यालय सञ्चालक समितिका संस्थापक अध्यक्ष स्वर्गीय मदनकृष्ण श्रेष्ठ, सचिव पुरुषोत्तमदास श्रेष्ठ, कोषाध्यक्ष स्वर्गीय बद्रीप्रसाद रिजाल तथा सदस्यहरू स्वर्गीय कुलविक्रम बस्नेत र हेमनाथ थपलियाको सम्मानमा स्थापित पुरस्कारबाट उहाँलाई सम्मानित गरिएको हो।
यसैगरी, गजुरीको शैक्षिक तथा सांस्कृतिक जागरणमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनुभएका ९५ वर्षीय आशादिप शाक्यलाई शैक्षिक तथा सांस्कृतिक जागरण विशेष सम्मान प्रदान गरिएको छ। गजुरी गाउँपालिका–१ निवासी शाक्यलाई नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो।
आदर्श माध्यमिक विद्यालयको स्थापनाकालदेखि नै सक्रिय रहनुभएका शाक्यले विद्यालयको आर्थिक स्रोत जुटाउन देउसीभैलो कार्यक्रम सञ्चालन गर्नेदेखि विद्यालय सञ्चालक समितिको सदस्य र सचिवको जिम्मेवारीसमेत निर्वाह गर्नुभएको थियो। उहाँ २०२४ सालमा विद्यालय सञ्चालक समितिको सदस्य र २०३१ सालमा सचिव रहनुभएको थियो। विद्यालयको वार्षिक उत्सवलाई सांस्कृतिक रूपमा जीवन्त बनाउन दुई दशकभन्दा बढी समयदेखि गीतकार, संगीतकार, गायक, हार्मोनियम वादक तथा नृत्य र प्रहसन निर्देशकका रूपमा उहाँले योगदान पुर्‍याउँदै आउनुभएको छ। उमेरले ९५ वर्ष पुगिसक्दा पनि शैक्षिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय रहनुभएका शाक्यको योगदानको कदर गर्दै प्रतिष्ठानका सल्लाहकार तथा कार्यसमितिका पदाधिकारी र सदस्यहरूको अग्रसरतामा उक्त सम्मान स्थापना गरिएको हो।
धादिङको सामाजिक विकास र सार्वजनिक संस्थाहरूको उन्नयनमा योगदान पुर्‍याउनुभएका नीलकण्ठ नगरपालिका–४, धादिङबेसी निवासी माणिकलाल श्रेष्ठलाई टंकप्रसाद–देवकी समाजसेवा सम्मान प्रदान गरिएको छ। उहाँलाई नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो।
श्रेष्ठले भैरवी माध्यमिक विद्यालय, नीलकण्ठ माध्यमिक विद्यालय, बालमन्दिर, नेपाल रेडक्रस सोसाइटी, नीलकण्ठ सहकारीलगायत विभिन्न सामाजिक तथा शैक्षिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो। तत्कालीन नीलकण्ठ गाउँ पञ्चायतको नेतृत्वमा रहँदा जिल्ला सदरमुकामलाई जोड्ने सडक निर्माण, पूर्वाधार विकास तथा सहरी विकासका क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ। आठ दशक उमेर पार गरिसक्दा पनि सामाजिक सेवामा सक्रिय श्रेष्ठलाई स्वर्गीय टंकप्रसाद शर्मा खतिवडा र उहाँकी धर्मपत्नी स्वर्गीय देवकी खतिवडाको स्मृतिमा छोराछोरीले प्रतिष्ठानमार्फत स्थापना गरेको सम्मान प्रदान गरिएको हो।
नेपाली पत्रकारिताको विकासमा चार दशकभन्दा लामो समय योगदान पुर्‍याउनुभएका गङ्गाजमुना गाउँपालिका–४ निवासी तथा गोरखापत्रका पूर्व प्रधान सम्पादक कमलप्रसाद रिजाललाई मदनदास उत्कृष्ट पत्रकारिता सम्मान प्रदान गरिएको छ। उहाँलाई नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो।
धादिङमा पहिलो हाईस्कुल स्थापना गर्न सहयोग पुर्‍याउनुभएका गजुरी निवासी शिक्षासेवी स्वर्गीय मदनदास श्रेष्ठको स्मृतिमा उहाँका छोरा तथा प्रतिष्ठानका कार्यसमिति सदस्य इन्जिनियर अर्जुनकुमार श्रेष्ठले स्थापना गर्नुभएको उक्त सम्मान रिजाललाई प्रदान गरिएको हो।
यस वर्षको लक्ष्मणदास उत्कृष्ट युवा सम्मानबाट गजुरी गाउँपालिका–१, बेल्टार निवासी प्रोसेस पाण्डे सम्मानित हुनुभएको छ। उहाँलाई नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो। १८ वर्षको उमेरमै नेपालको चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ६’ को विजेता बनेर राष्ट्रियस्तरमा धादिङ जिल्लाको पहिचान र प्रतिष्ठा बढाउन सफल पाण्डेले नेपाली गीत–संगीत तथा हास्यव्यङ्ग्यको क्षेत्रमा समेत उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएको छ। उत्कृष्ट गायक तथा हास्य कलाकारका रूपमा स्थापित हुँदै जानुभएका पाण्डेको प्रतिभा, मेहनत र सफलताको कदर गर्दै उहाँलाई सम्मान गरिएको हो। युवावस्थामै दिवंगत हुनुभएका आदर्श माध्यमिक विद्यालयका पूर्वविद्यार्थी लक्ष्मणदास श्रेष्ठको स्मृतिमा उहाँका भाइ तथा प्रतिष्ठानका कार्यसमिति सदस्य इन्जिनियर अर्जुनकुमार श्रेष्ठले उक्त सम्मान स्थापना गर्नुभएको हो।
व्यक्तित्व सम्मानसँगै विद्यार्थीको शैक्षिक उपलब्धि र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले उत्कृ


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar