रुबीभ्याली बुलेराे दुर्घटनामा एक महिलाकाे मृत्युु

रुबीभ्याली बुलेराे दुर्घटनामा एक महिलाकाे मृत्युु

  • Kandara Samachar

  • शुक्रबार, मंसिर ५, २०८३

  • 33
    SHARES
रुबीभ्याली बुलेराे दुर्घटनामा एक महिलाकाे मृत्युु

धादिङ ।

धादिङको रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा बोलेरो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

गए राति १:५५ बजेको समयमा लापाबाट बोराङतर्फ जाँदै गरेको बोलेरो गाडी उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा बोलेरोमा सवार १० जनामध्ये रुबीभ्याली गाउँपालिका–४ बस्ने अन्दाजी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका नौ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

घाइतेहरूलाई नेपाल प्रहरी र स्थानीयवासीको सहकार्यमा उद्धार गरिएको हो।
घाइतेहरूको थप उपचारका लागि हेलिकप्टरमार्फत ६ जनालाई काठमाडौं पठाइएकाे छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar