सामाजिक जागरणमा जनहित पुस्तकालयको योगदान

सामाजिक जागरणमा जनहित पुस्तकालयको योगदान

  • Kandara Samachar

  • मङ्लबार, मंसिर ९, २०८३

  • 27
    SHARES
सामाजिक जागरणमा जनहित पुस्तकालयको योगदान

✍️ उत्तम कँडेल

भुमिका
हरेक क्रान्ती पछि समाजमा जागरणको नयाँ युग शुरु हुन्छ । नेपालमा पनि २००७ साल पछि जागरणकाल शुरु भएको थियो । विसं २०१७ सालले नेपालमा फेरी अर्को परिवर्तन ल्यायो । त्यसले पनि नेपाली समाजको जागरणलाई रोक्न सकेन । दलहरु माथी प्रतिवन्ध लाग्यो तर पनि समाज सुधारको क्रम रोकिएन । पञ्चायतले शिक्षामा जोड दिएको थियो । त्यसवाहेक छुवाछुतको अन्त, जाली तमसुकको खारेजी, धर्म भकारीको स्थापना, गाँउ फर्क राष्ट्रीय अभियान र भुमीसुधार जस्ता विकास र सुशासनका महत्वपूर्ण कार्यक्रमहरु सञ्चालन गरेको थियो । सडक, यातायात लगायतका पूर्वाधार विकास पनि भैरहेका थिए । साथै ठाँउठाँउमा पुस्तकालय तथा वाचनालयहरु समेत स्थापना गरिएका थिए । जसले सामाजिक जागरणमा महत्वपुर्ण टेवा दिएको थियो ।
त्यसो त पुस्तकालयलाई ज्ञानको भण्डार मानिन्छ । इतिहाँस पढ्ने हो भने चिनमा ईसापूर्व तिनसय वर्षअघि देखी र भारतमा पाँचौ शताव्दी देखी पुस्तकालयको शुरुवात भएको पाईन्छ । तक्षशिला र नालन्दा विश्वविद्यालय र त्यसका पुस्तकालयहरु तत्कालिन विश्वका सवभन्दा चर्चित र अग्रणी ज्ञानका भण्डारहरु थिए । नेपालमा भने प्रधानमन्त्री भिमसेन थापाको पाला देखी पुस्तकालयको शुरुवात भएको पाईन्छ । त्यतिवेला पुस्तकालयलाई ‘पुस्तक तहविल’ भनिन्थ्यो तर धेरैले त्यसलाई ‘ग्रन्थालय’ भन्थ्ये । पछि विर शम्सेरले विसं १९५७ मा सो ग्रन्थालयलाई ‘वीर पुस्तकालय’ नामाकरण गरेर घण्टाघरमा सारेका थिए ।
पुस्तकालय जन्मका आधारहरु
समय अनुसार केही न केही सामाजीक योगदान गर्ने जाँगर पैदा हुनु हरेक युवाहरुमा देखिने स्वाभाविक प्रक्रिया हो । हर परिवेश र हर स्थानका युवाहरुमा एकपल्ट युग वदल्ने सोँच पल्हाउछ । हुन पनि यस्तै उत्साह र योगदानले युगको अनुहार वदलिदै जान्छ । त्यसताका राजा र व्यवस्थाको विरुद्घमा वोल्न र लेख्न पाईदैनथ्यो । फरक राजनैतिक धारमा सङगठित हुने अधिकार पनि थिएन । तर समाज सुधारको आवरणमा भित्रभित्रै अनेक सङघसस्थाहरु जन्मने क्रम भने छदै थियो । फलस्वरुप रिचोकटारका युवाहरुले अन्यत्र जस्तै त्यसवेला एक अग्रणी सामाजीक संस्थाको रुपमा जनहित पुस्तकालयको स्थापना गरेका थिए ।
धादिङमा पुस्तकालयहरु
धादिङको सन्दर्भमा कुन पुस्तकालय सवभन्दा पहिलो हो त्यो त्यसै भन्न सकिदैन । तर विसं २०१२ सालमा आशाद्विप शाक्यको नेतृत्वमा गजुरीमा स्थापना भएको ज्ञान–विकास पुस्तकालय जिल्लाकै सवभन्दा पुरानो ठानिएको छ । पछि सो पुस्तकालय ज्योती–पुञ्ज पुस्तकालयमा रुपान्तरण भई विसं २०६० सम्म अस्तित्वमा रहेको थियो । विसं २०१२ तिरै धादिङ गोर्खाको सिमानामा पर्ने आरुघाटमा विश्वनाथ सुवेदीले एक पुस्तकालय तथा वाचनालय स्थापना गरेका थिए । पछि त्यसलार्ई  विश्व पुस्तकालय’ नामाकरण गरिएको थियो । हाल सो पुस्तकालय अस्तित्वमा नरहे पनि त्यसको इतिहाँस भने मेटिएको छैन । त्यस्तै विसं २०१४ मा माणीकलाल श्रेष्टको अगुवाईमा धादिङ सुनौला वजारमा खुलेको भैरवी पुस्तकालय, विसं २०१५ मा हेमनाथ धरेल र पे्रमनाथ कडेलको अगुवाईमा ताल्तीमा खुलेको गौरीशङकर पुस्तकालय र विसं २०२० मा रिचोकटारमा खुलेको वागेश्वरी पुस्तकालय’ पनि पुराना पुस्तकालयहरु मध्येकै मानिन्छन् । लगभग त्यही ताका मैदीका टेक वहादुर झ्यारी मगरले आफ्नै घरमा खोलेको निजी पुस्तकालय पनि पुस्तकालय अभियानको दिशामा एउटा महत्वपूर्ण पाईला थियो ।
त्यस्तै विसं २०२८ सालमा खानीखोला (नौविसे)मा रामशरण पाठकको नेतृत्वमा ज्ञान–ज्योती पुस्तकालय खुलेको थियो । जुन चार वर्ष जती चलेर वन्द भयो । विसं २०३३ सालमा रिचोकटारमा प्रमोद राज कडेलको नेतृत्वमा खुलेको जनहित पुस्तकालय, विसं २०३५ मा मैदी उखुवारीमा राम प्रसाद अधिकारीको नेतृत्वमा खुलेको जन–चेतना पुस्तकालय, विसं २०३७ मा धादिङवेशीमा खुलेको अरुङ पुस्तकालय, विसं २०३८ मा राजेन्द्र प्रताप शाहाको नेतृत्वमा मैदी उखुवारीमै खुलेको कल्पी पुस्तकालय, विसं २०४० मा वितलव (गजुरी) मा चुडामणी र सदानन्द कँडेलको नेतृत्वमा खुलेको सिर्जना पुस्तकालय, विसं २०४२ मा विकास पण्डित र उत्तम कँडेलको नेतृत्वमा केवलपुर (पण्डीतपौवा) मा खुलेको जनता पुस्तकालय, विसं २०४२÷४३ तिर धुषा स्यादुलमा नरनाथ लुईटेल र हरि सिल्वालको नेतृत्वमा खुलेको चेतना पुस्तकालय सामाजिक जागरणका महत्वपुर्ण प्रयासहरु थिए । धादिङवेशीमा खुलेका जनता पुस्तकालय (२०४८), धार्मीक पुस्तकालय (२०४९) र वेनिघाट वजारमा विसं २०६४ मा खुलेको पुस्तकालय तथा सूचना केन्द्र भने विसं २०४५÷०४६ को राजनैतिक परिवर्तन पछिका संरचनाहरु थिए ।
कठिनाईहरु
हुन त सञ्चायती व्यवस्था आउनु अघिसम्म पुस्तकालय लगायत संघसंस्थाहरु दर्ता गर्ने खासै चलन थिएन । तर त्यस्ता संघसस्था स्थापनालाई गैर–कानुनी मानिदैन थियो । त्यतिवेलाका कतिपय पुस्तकालयहरु हाल अस्तित्वमा नरहे पनि अभियन्ताहरुको अलिखित ईतिहाँस भने अझै हराई सकेको छैन । त्यतिवेला जताततै पुस्तकालय खोल्ने अभियान तिव्र वनेको थियो । कमजोर शैक्षिक चेतना भएको जमानामा पुस्तकालय चलाउनु आफैमा सजिलो थिएन । कतैवाट सहायता मिल्दैनथ्यो । स्थानिय कोष वनाउन पनि सजिलो थिएन । सदस्यता दस्तुर, द्यौसे, भैलो, श्रमदान र चन्दा सङकलन गरेर पुस्तकालय चलाउनु पर्दथ्यो । तै पनि तत्कालिन युवाहरुले परिवर्तन प्रतिको आशामा अनेक चुनौती व्यहोर्न तयार भएर पुस्तकालय सञ्चालन गरेका थिए ।
एउटा रमाईलो कुरो के थियो भने पञ्चायती व्यवस्था शुरु भए पछि प्रतिवन्धित दलका कार्यकर्ताहरु यस्ता पुस्तकालय स्थापना र परिचालनमा भित्रभित्रै सक्रिय थिए । समाजसेवा पनि हुने र राजनीति पनि हुने हुँदा दलहरुको यसमा राम्रै रुचि थियो । जसले गर्दा पुस्तकालय र तिनका कार्यक्रमहरुमा प्रशासनको सँधै कुदृष्ट्री परिरहन्थ्यो । विसं २०४५÷४६ मा फेरी अर्को आन्दोलन भयो । त्यसमा दलहरुले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । त्यो परिवर्तनमा सार्वजनिक पुस्तकालयहरुको भुमिका पनि कम थिएन ।
जनहित पुस्तकाय एक अग्रणी पुस्तकालय
जनहित पुस्तकालय विसं २०३३ साल वैसाखमा खुलेको थियो । गजुरी र काठमाण्डौ तिर पढ्दै गरेका युवाहरु सो पुस्तकालय स्थापनामा सक्रिय थिए । शुरुमा गाँउको कुनै एउटा थोत्रे घरको दराजवाट पुस्तकालय शुरुवात गरिएको थियो । पछि चन्दा सङकलन, श्रमदान र अनेक जिन्सी सामाग्रीहरु जुटाएर पुस्तकालयले आफ्नै भवन निर्माण गरेको थियो । शुरुमा पुस्तकालयको उदेश्य समाजिक शैक्षिक जागरण फैलाउनु थियो । पछि लोकतन्त्र पुनस्र्थापनाको अघोषीत उदेश्य पनि थपिन पुग्यो । जुन पुस्तकालयको अनेक कार्यक्रमहरुवाट समेत अनुभुति गर्न सकिन्थ्यो । यस पुस्तकालयको संस्थापक अध्यक्ष प्रमोद राज कँडेल र सचिवमा मिनराज कँडेल थिए ।
त्यसताका पुस्तकालयले हरेक वर्ष दशै, तिहार र तिजमा जागरणमुलक सांस्कृतिक कार्यक्रमहरु सञ्चालन गर्दथ्यो । यस्ता कार्यक्रमहरु मानोरञ्जनात्मक मात्र नभै निरङकुशता विरोधी चेतनामुलक कार्यक्रम समेत हुने गर्दथे । फलस्वरुप पुस्तकालयका कतिपय कार्यक्रमहरुमा तत्कालीन प्रशासनले निग्रानी समेत वढाएको थियो । कतिपय अवस्थामा त त्यस्ता कार्यक्रमहरु विथोलिन्थ्ये पनि । शुरुमा त्यस्ता कार्यक्रमहरु रिचोकटारमा मात्र सिमीत थिए । पछि पछि त्यो वितलव, छेपाङ, सलाङ, नलाङ, स्यादुल, कल्लेरीसम्म फैलेको थियो । त्यति मात्र हैन हरेक तिहारमा द्यौसे भैलो समेत आयोजना गरिन्थ्यो । जसले कोष वढाउन मात्र हैन पुस्तकालय सुधारमा समेत मद्दत पुगेको थियो । द्यौसे भैलो कार्यक्रमहरु शुरुमा गाँउघरमा मात्र सिमीत थिए । पछि पछि त्यो पनि काठमाण्डौका पाँचतारे होटलहरुसम्म विस्तार भएका थिए ।
विसं २०३५÷३६ को जनआन्दोलन पछि प्रतिवन्धित दलहरु उत्साहीत र पञ्चहरु विस्तारै निराश हुन थाले । जनमत सङग्रहमा पञ्चायतले जिते पनि पञ्चहरुमा उत्साह थिएन । तर प्रतिवन्धीत दलहरुमा भने किन किन हौसला वढेको थियो । त्यस पछि देशमा लोकतन्त्र समर्थक जनमत हृात्तै वढ्न थाल्यो । पुस्तकालयले गर्ने हरेक कार्यक्रमहरुमा समेत जनताको अभुतपूर्व समर्थन वढ्न थाल्यो । यसको मतलव पञ्चायत र पञ्चहरुलाई जनताले विस्तारै छाड्दै गएका थिए । रिचोकटारमा पनि व्यवस्था विरोधी र समर्थकहरु विचको द्वन्द उत्कर्षमा पुगेको थियो । पुस्तकालयमा समेत जिवनी, उपन्यास, धार्मीक पुस्तकहरु भन्दा माक्र्सवादी र व्यवस्था विरोधी पुस्तकहरुको मात्रा वढ्दै गएको थियो ।
त्यसताका पुस्तकालयले साप्ताहीक किरण भित्ते पत्रिका प्रकाशन गर्दथ्यो । जसको सम्पादन उत्तम कँडेलले गरेका थिए भने त्यो लगभग ४ वर्ष सम्म चलेर वन्द भएको थियो । हरेक हफ्ता प्रकाशन हुने सो पत्रिकाले स्थानीय स्तरका अविकास, कुशासन र वेतिथीहरुलाई प्राथमिकता दिएर प्रकाशित गर्दथ्यो । मलेखु वजार र गाँउको एउटा वोर्डमा गरी दुई स्थानमा सो पत्रिका टासिन्थ्यो । भित्ते पत्रिकाले त्योवेला सामाजीक चेतना विस्तार गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको थियो ।
पुस्तकालयको आयोजनामा वनभोज जाने चलन पनि थियो । त्यसवेला व्राम्हण क्षेत्रीको घरमा कुखुराको मासु र अण्डा पकाउन र खान मिल्दैन थियो । व्राम्हणहरुले हलो जोत्न हुँदैन भन्ने अन्धविश्वास त छदै थियो । विरामी हुँदा धामी झाक्री लगाउने चलन थियो  । लुगा नफुकाली खाना खान र पकाउन मिल्दैन भन्ने अन्धविश्वासहरु प्रशस्तै थिए । त्यस्ता वनभोजहरुले अन्धविश्वास र छुवाछुत प्रथा विरुद्घ समाजमा शसक्त प्रतिवाद गरेको थियो । त्यस वाहेक पुस्तकालयको आयोजनामा स्थानीय वाटाघाटाहरु मर्मत सम्भार गर्ने, धारा कुवा सरसफाई गर्ने, सामुदायिक कोष निर्माण र परिचालन गर्ने, स्थानीय विकास निर्माणमा सरकारलाई सहयोग पु¥याउने, खेलकुद तथा हाजिरी जवाफ प्रतियोगिताहरु सञ्चालन गर्ने तथा हरेक दशैमा पुनर्मिलन समारोह आयोजना गर्ने गर्दथ्यो ।
पुस्तकालयले यस क्षेत्रको शैक्षिक, सामाजीक र राजनैतिक जागरणमा झण्डै डेढ दशकसम्म प्रभावकारी भुमिका निर्वाह ग¥यो । हुन त रिचोकटार मै विसं २०२० तिर अघिल्लो पुस्ताले ‘वागेश्वरी पुस्तकालय’ स्थापना गरेका थिए । जो विविध कारणले लामो समयसम्म टिक्न सकेन । वरु त्यसको झण्डै एक दशक पछि स्थापना भएको जनहित पुस्तकालयले भने तत्कालीन समयको अग्रणी र सक्रिय भुमिका निर्वाहा गर्ने सौभाग्य प्राप्त ग¥यो । रुढीवादी र पिछडिएको समाजलाई रुपान्तरण गर्न यसले गरेको योगदान अविस्मरणिय र उल्लेखनिय थियो । जसको चर्चा त्यसवेला जिल्लाभर हुने गरेको थियो ।
खोलो त¥यो लौरो विस्र्यो
पुस्तकालय मार्फत त्यो पुस्ताले गरेको समाज परिवर्तनको योगदान आफैमा महत्वपुर्ण थियो । पञ्चायत कालमा प्रतिपक्षिय विचारको अखडा वनेका यस्ता पुस्तकालयहरु आज पुरै ओझेलमा परेका छन् । परिवर्तित परिस्थितीमा पुस्तकालयहरुलाई कसरी सञ्चालन गर्न सकिन्छ भन्ने वारेमा आजसम्म कसैले सोचेको पनि पाईदैन । यस्ता सार्वजनिक पुस्तकालयहरुको विकास र विस्तारमा सरकारले कुनै योजना पनि ल्याएका छैनन् । दलहरुले त पुस्तकालयलाई खोलो त¥यो लौरो विस्र्यो भने जस्तै गरे । हिजो निरङकुशता विरोधी आन्दोलनमा उनिहरुले पुस्तकालयलाई ढाल वनाए तर सत्तामा पुगे पछि पुस्तकालयलाई विर्सन पुगे । जुन आफैमा विडम्वनापूर्ण व्यवहार थियो ।
अन्तमा
आजको युग एआई अर्थात उन्नत प्रविधीको युग हो । प्रविधी विना आजको दिनचर्या अपुर्ण मात्र हैन ठप्प जस्तै हुन जान्छ । सामान्य भन्दा सामान्य काममा समेत मानिसहरुलाई कुनै न कुनै प्रविधीको सहायता अनिवार्य भैसकेको छ । यहासम्म की मस्तिष्क लगाएर गर्नु पर्ने काममा समेत एआई प्रयोग हुन थालेको छ । हुन पनि तथ्यहरु पत्ता लगाउन तथा विगतका अनुभवहरु सङकलन गर्न एआई सजिलो वन्दै गएको छ । कुनैवेला पुस्तकालयहरु आजको नेट, ईन्टरनेट र मोवाईल जस्तै महत्वपूर्ण साधान थिए । तर आज उन्नत प्रविधीको कारण मानिसहरुलाई पुस्तकालय धाउनु पर्ने झन्झट हटेको छ । त्यसैले आजको सन्दर्भमा पुस्तकालयलाई कसरी पुनव्र्यवस्थापन गर्न सकिन्छ भन्ने सवालमा सवैले गम्भीर भएर सोच्नु पर्ने वेला आईसकेको छ । धन्यवाद ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar