धादिङ क्रिकेट लिगमा ८ पालिका सहभागी हुने

धादिङ क्रिकेट लिगमा ८ पालिका सहभागी हुने

  • Kandara Samachar

  • बुधबार, बैशाख २, २०८३

  • 137
    SHARES
धादिङ क्रिकेट लिगमा ८ पालिका सहभागी हुने
oplus_2

धादिङ । 
धादिङ जिल्ला क्रिकेट संघकाे आयाेजनामा सञ्चालन हुने तेस्रो जिल्ला स्तरीय अन्तरपालिका टी ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको तयारी पूरा भएकाे छ ।
बैशाख ४ गतेदेखि ९ गतेसम्म बेनिघाट राेराङ गाउँपालिकाकाे बिशालटारमा सञ्चालन हुने लिग प्रतियाेगितामा धादिङका ८ गाउँ पालिका सहभागी हुने धादिङ जिल्ला क्रिकेट संघका अध्यक्ष दिपेश कँडेलले बताउनुभयाे ।
लिग प्रतियोगितामा समूह ए तर्फ बेनिघाटराेराङ, त्रिपुरासुन्दरी, ज्वालामूखी र सिद्धलेक गाउँ पालिका रहेका छन् । यसैगरि गल्छी, गजुरी गाउँ पालिका र धुनीबेसी र नीलकण्ठ नगरपालिका रहेकाे छ ।
प्रतियोगितामा प्रथम हुनेलाई ५५ हजार र द्वितीय हुने टिमलाई २५ हजार नगद सिल्ड मेडल सहित पुरस्कृत गरिने छ । बेस्ट म्याटस्म्यान, बेष्ट बलर र प्रेयर अफ द सिरिज लाई समेत पुरस्कृत गरिने छ ।
बुधबार बिशालटार क्रिकेट मैदानमा आयाेजित पत्रकार सम्मेलनमा टाइसिट प्रकाशन गरिएकाे छ भने सल्ड समेत सार्वजनिक गरिएकाे छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar