धादिङ । भोटेकोसी बाढीले बगाएर ल्याएका पहिचान नखुलेका शव तथा मानव शरीरका अंगहरू धादिङको गजुरी गाउँपालिका–५ गलाैदाे हाइट स्थित ठूलो सामुदायिक वन क्षेत्रमा व्यवस्थापन गरिएको छ। बाढीपछि विभिन्न स्थानबाट संकलन गरिएका शवहरू गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएका थिए। शव कुहिन थालेपछि...
धादिङ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले त्रिशूली नदी आसपासमा मजदुरी गर्दै आएका बारा–पर्साका श्रमिकको बस्ने ठाउँ मात्रै बगाएन, उनीहरूको रोजगारी र घर फर्किने बाटोसमेत अनिश्चित बनाइदियो। ज्यान जोगाएर बाढीबाट उम्किएका उनीहरू अन्ततः धादिङबेँसी आइपुग्दा भने घर पुग्ने...
धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको पैसा राख्ने सेफ (लकर) फुटाएर रकम चोरी गरेको अभियोगमा प्रहरीले धादिङका विभिन्न स्थानबाट २९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उनीहरूका साथबाट रु. ९२ लाख ६८ हजार ५ सय...
नानू कार्की/ धादिङ गत भाद्र १० गते त्रिशुली नदीमा आएको आकस्मिक बाढीका कारण प्रभावित बनेका क्षेत्रहरूमा जिल्ला प्रशासन कार्यालय धादिङले उद्धार, सडक मर्मत तथा राहत व्यवस्थापनका कार्यहरूलाई तीव्रता दिएको छ। चीनको तिब्बतबाट नेपाल छिर्ने भोटेकोसी नदीमा आकस्मिक बाढी आएको प्राप्त सूचनाका...
धादिङ । भोटेकोसी नदीमा आएको बाढीका कारण धादिङको सदरमुकाम धादिङबेसी जोड्ने मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी–सुनौलाबजार–फोस्रेटार–गल्छी सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ। बाढीले सदरमुकाम आउने मुख्य मार्गमा पर्ने मलेखु–फुर्केखोला पुल बगाएपछि धादिङबेसीलगायत मध्य तथा उत्तरी धादिङको यातायात सेवा...
धादिङ । चीनतर्फ भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा नदी थुनिएर ठूलो ताल बनेपछि नेपालमा भोटेकोशी नदीमा पुनः बाढीको जोखिम बढेको छ। चीनको जलस्रोत मन्त्रालयले छोछेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक ठूलो ‘ब्यारियर लेक’ बनेको र त्यसमा पानीको मात्रा निरन्तर...
धादिङ, चीनतर्फको हिमताल फुटेर भोटेकोशी हुँदै आएको बाढीले धादिङमा ठूलो भौतिक क्षति पुर्याएको छ। बाढीले त्रिशूली नदी आसपासका बस्ती, सडक, पुल, विद्यालय, होटल तथा अन्य संरचनामा क्षति पुर्याउँदा जिल्लाको जनजीवन प्रभावित भएको छ। प्रारम्भिक विवरणअनुसार जिल्लामा पाँचवटा पक्की पुल र ११...
धादिङ। त्रिशूली नदीमा आएको बाढीपछि धादिङका विभिन्न स्थानमा गरी १६ जनाको शव फेला परेको छ। नदी किनारका विभिन्न क्षेत्रमा खोज तथा उद्धारका क्रममा ५ पुरुष र ११ महिलाको शव फेला परेको हो। यसै क्रममा मानिसको हात र बायाँ खुट्टाको टुक्रासमेत...
धादिङ। भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा क्षति पुगेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाअन्तर्गतको पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ। जिल्ला प्रशासन कार्यालय धादिङले बुधबार सूचना जारी गर्दै अर्को सूचना...
© copyright 2026 and all right reserved to Kandara Samachar