बाढी प्रभावित १४ परिवारलाई सितल छहारी नेपालको राहत

बाढी प्रभावित १४ परिवारलाई सितल छहारी नेपालको राहत

  • Kandara Samachar

  • बुधबार, भदौ ३१, २०८३

  • 61
    SHARES
बाढी प्रभावित १४ परिवारलाई सितल छहारी नेपालको राहत

धादिङ ।

सितल छहारी नेपालले धादिङको गजुरी गाउँपालिका–२, विहानी पम्प क्षेत्रमा बाढी तथा विपद्बाट प्रभावित १४ घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ।

संस्थाले प्रभावित परिवारलाई पानीका जार, डिस्पेन्सर, बाटा, चपिङ बोर्ड, भान्सामा आवश्यक सामग्री, ब्रससहितका सरसफाइ सामग्री, बोतललगायत दैनिक प्रयोगमा आवश्यक सामग्री वितरण गरेको हो।

राहत सामग्री सितल छहारी नेपालका अध्यक्ष कृष्णबद्री पौडेल, उपाध्यक्ष विक्रम पौडेल र लायन्स क्लबका रिजन चेयरपर्सन कृष्ण शिशिर ढकालले संयुक्त रूपमा वितरण गर्नुभएको थियो।

विपद्का कारण दैनिक जीवन प्रभावित भएका परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउने उद्देश्यले राहत वितरण गरिएको संस्थाले जनाएको छ।

राहत सामग्री पाएपछि प्रभावित परिवारलाई घरायसी काम तथा सरसफाइमा सहज हुने अपेक्षा गरिएको छ। संस्थाले आगामी दिनमा पनि आवश्यकताका आधारमा सहयोगलाई निरन्तरता दिने जनाएको छ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar