शंखादेवी माविको छात्रावासलाई १ लाख ७५ हजारको स्टिल लकर सहयोग

शंखादेवी माविको छात्रावासलाई १ लाख ७५ हजारको स्टिल लकर सहयोग

  • Kandara Samachar

  • मङ्लबार, कार्तिक १८, २०८३

  • 32
    SHARES
शंखादेवी माविको छात्रावासलाई १ लाख ७५ हजारको स्टिल लकर सहयोग
धादिङ 
धादिङको बेनीघाट रोराङ गाउँपालिका–९, मझिमटारस्थित शंखादेवी माध्यमिक विद्यालयको छात्रावासमा बस्दै आएका बालबालिकाका व्यक्तिगत सामान सुरक्षित र व्यवस्थित राख्न रु. १ लाख ७५ हजार मूल्य बराबरका स्टिल लकर सहयोग प्राप्त भएको छ ।

स्पेनस्थित गैरनाफामूलक संस्था बहादुर सोसल प्रोजेक्टले सोमबार विद्यालयलाई उक्त स्टिल लकर सहयोग गरेको हो । छात्रावासमा बस्ने बालबालिकाले आफ्ना कपडा, शैक्षिक सामग्री तथा अन्य व्यक्तिगत सामान सुरक्षित रूपमा राख्न सकून् भन्ने उद्देश्यले लकर उपलब्ध गराइएको संस्थाले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक तिलक चेपाङका अनुसार छात्रावासमा हाल ११० जना बालबालिका आवासीय रूपमा बस्दै आएका छन् । तीमध्ये २३ जना चेपाङ समुदायका विद्यार्थी रहेका छन् ।

छात्रावासमा बस्ने बालबालिकाका व्यक्तिगत सामान सुरक्षित राख्ने पर्याप्त व्यवस्था नहुँदा उनीहरूलाई समस्या हुँदै आएको थियो । स्टिल लकर प्राप्त भएपछि बालबालिकाले आफ्ना सामान छुट्टाछुट्टै र सुरक्षित रूपमा राख्न सक्ने प्रधानाध्यापक चेपाङले बताउनुभयो ।

उहाँका अनुसार प्राप्त सहयोगले छात्रावासको व्यवस्थापनलाई थप व्यवस्थित बनाउनुका साथै बालबालिकाको दैनिक जीवन सहज बनाउन सहयोग पुग्नेछ ।

बहादुर सोसल प्रोजेक्टले नेपालका ग्रामीण तथा विपन्न समुदायमा शिक्षा, स्वास्थ्य, सरसफाइ र सामुदायिक विकासका क्षेत्रमा सहयोग गर्दै आएको छ । संस्थाले बालबालिकाको शैक्षिक पहुँच विस्तार र जीवनस्तर सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

विद्यालयले प्राप्त स्टिल लकर छात्रावासमा बस्ने सबै बालबालिकाको आवश्यकताअनुसार प्रयोगमा ल्याउने जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar