बाढीले बगाएर ल्याएको सेफ फोडेर ९२ लाखभन्दा बढी चोरी गर्ने २९ जना धादिङबाट पक्राउ

बाढीले बगाएर ल्याएको सेफ फोडेर ९२ लाखभन्दा बढी चोरी गर्ने २९ जना धादिङबाट पक्राउ

  • Kandara Samachar

  • शनिबार, भदौ १३, २०८३

  • 55
    SHARES
बाढीले बगाएर ल्याएको सेफ फोडेर ९२ लाखभन्दा बढी चोरी गर्ने २९ जना धादिङबाट पक्राउ
धादिङ । 
 रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको पैसा राख्ने सेफ (लकर) फुटाएर रकम चोरी गरेको अभियोगमा प्रहरीले धादिङका विभिन्न स्थानबाट २९ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उनीहरूका साथबाट रु. ९२ लाख ६८ हजार ५ सय ५ बरामद भएको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको सेफ धादिङको गल्छी गाउँपालिका–४ बेलखुखोलास्थित त्रिशुली नदीको किनारमा फेला परेको थियो। स्थानीय व्यक्तिहरूले उक्त सेफ तोडफोड गरी भित्र रहेको ठूलो परिमाणको नगद आफूखुसी निकालेर लगेको सूचना भदौ १२ गते प्रहरीले प्राप्त गरेको थियो। खबर पाउनासाथ तत्काल परिचालन भएको प्रहरी टोलीले गहन छानबिन तथा खानतलासी गरी चोरीमा संलग्नहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा गल्छी गाउँपालिका–४ मासटार निवासी २७ वर्षीय पवन पौडेल, ४६ वर्षीय सुचिम ब. राणा मगर, २४ वर्षीय सविन श्रेष्ठ, ४१ वर्षीय बिर ब. राणा मगर, ३५ वर्षीय बिनोद गिरी, ३३ वर्षीय नवराज भेटुवाल, ४० वर्षीय पुर्ण लाल श्रेष्ठ, ३१ वर्षीय विष्णुमणि अधिकारी, ३६ वर्षीय कृष्ण मगर, ४९ वर्षीय शिब ब. राणा मगर, ४६ वर्षीय युवराज अधिकारी, ४३ वर्षीय प्रेम ब. राणा मगर, १९ वर्षीय अनिल भेटुवाल, ४९ वर्षीय राम शरण सुवेदी, ३८ वर्षीय मिन ब. राणा मगर, ३२ वर्षीय देवन्द्र राणा मगर, ३१ वर्षीय दिपक तामाङ, ३६ वर्षीय राज कुमार भेटुवाल, २९ वर्षीय दिनेश अधिकारी, ३० वर्षीय दिनेश पुलामी, ३० वर्षीय टेक ब. राणा मगर र ३२ वर्षीय सन्तोष श्रेष्ठ रहेकाे जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपि प्रकाश दहालले जानकारी दिनुभयाे ।
त्यसैगरी गल्छी गाउँपालिका–८ सिमपानी र आदमघाट निवासी ३६ वर्षीय सानुभाई श्रेष्ठ, २९ वर्षीय बिचारी आले मगर (मूल घर चितवन राप्ती), ३२ वर्षीय नारायण श्रेष्ठ, २० वर्षीय अग्नि आले मगर र २८ वर्षीय सकुर अन्सारी (मूल घर पर्सा बहुदरीमाई) का साथै गल्छी गाउँपालिका–६ आदमघाट निवासी ४७ वर्षीय सुशान्त श्रेष्ठ र सिद्धलेक गाउँपालिका–७ आदमटारका एक जनासमेत पक्राउ परेका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar