कृष्णभीरमा ठूलो ढुङ्गासहित पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

कृष्णभीरमा ठूलो ढुङ्गासहित पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

  • Kandara Samachar

  • शुक्रबार, अशोज ९, २०८३

  • 32
    SHARES
कृष्णभीरमा ठूलो ढुङ्गासहित पहिरो खस्दा पृथ्वी  राजमार्ग अवरुद्ध

धादिङ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

लगातार भइरहेको वर्षाका कारण शुक्रबार राति कृष्णभीर क्षेत्रमा माथिबाट ठूला ढुङ्गासहित पहिरो खसेको हो। पहिरोका कारण राजमार्गको सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएका कारण पहिरो खस्ने समयमा उक्त सडकखण्डमा यातायात सञ्चालनमा थिएन। त्यसैले मानवीय तथा सवारीसाधनमा क्षति हुनबाट जोगिएको छ।

वर्षा नरोकिएका कारण कृष्णभीरसहित पृथ्वी राजमार्गका अन्य जोखिमयुक्त क्षेत्रमा समेत थप पहिरो तथा ढुङ्गा खस्ने सम्भावना रहेको छ।

प्रशासनले राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा चालकलाई जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन र जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएका सूचना तथा निर्देशनको पालना गर्न आग्रह गरेको छ।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयासबारे सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar