दि त्यो झोलीनै भए – गजल

दि त्यो झोलीनै भए – गजल

  • Kandara Samachar

  • सोमवार, भदौ २४, २०८१

  • 7
    SHARES
दि त्यो झोलीनै भए –  गजल

चिटिक्क ब्याग भिर्दैछु , सामानै छन् त्यहाँ सय ।
सुहाएझैं जसै लाग्छ , बोक्दैछु भइ निर्भय ।
ब्याग होइन त्यो झोली ! भन्दै गिज्याइनै रहे ।
हुत्याइ दिन्छु म आजै यदि त्यो झोलीनै भए ।१।।

चिटिक्क टल्कने डल्लो सानो सुन्दर सितल ।
राम्रो-महत्वकै लाग्यो ! सुननै हो कि पितल ।
सिसाको गोली हो भन्दै कोहि गिज्याइनै रहे !
किन पो राख्छु ! मै फाल्छु , यदि त्यो गोलीनै भए ।२।।

राजनीती गरें देश-जनता मुक्ति ल्याउन ।
राम्रो नेता भनी छानें वर्ग-विभेद भ्याउन ।
नेता होइन त्यो ओलि ! भन्दै गिज्याइनै रहे ।
किन साथ दिने ? छोडौं , यदि त्यो ओलिनै भए ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar