कमेडी च्याम्पियन विजेताले पुरस्कारमा विद्युतीय गाडी ‘नेटा भी’ पाउने

कमेडी च्याम्पियन विजेताले पुरस्कारमा विद्युतीय गाडी ‘नेटा भी’ पाउने

  • Kandara Samachar

  • मङ्लबार, असार १२, २०८१

  • 19
    SHARES
कमेडी च्याम्पियन विजेताले पुरस्कारमा विद्युतीय गाडी ‘नेटा भी’ पाउने

काठमाडौं । रियालिटी शो कमेडी च्याम्पियनले तेस्रो सिजनका विजेतालाई विद्युतीय सवारी ‘नेटाभी पुरस्कार दिने भएको छ । आइतबार टिमले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै यसबारे जानकारी दिएको हो ।

“गो ग्रिनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ कमेडी च्याम्पियन तेस्रो सिजनका विजेताले नेटा भी पाउने घोषणा गर्न पाउँदा उत्साहित छौं,” टिमले फेसबुकमा राखेको पोस्टमा भनेको छ ।

कमेडी च्याम्पियनले यसका लागि सीजी मोटर्ससँग सहकार्य गरेको छ । ३८ लाख ९९ हजार रुपैयाँ मूल्य रहेको यो गाडीले एक पटकको चार्जमा ३५० किलोमिटर (एनईडीसी) रेञ्ज दिने कम्पनीको दाबी छ । जेठ २०७९ मा सार्वजनिक भएको यो गाडी नेपालमा सीजी मोटर्सले बिक्री गर्दै आएको छ ।

कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा सुयाशा खनाल, सुनिल खड्का र रिशव काफ्ले रहेका छन् । यी मध्ये एक जना विजेताले यो गाडी पाउनेछन् । भोटिङ डिजिटल वालेट खल्ती एपबाट गर्न सकिन्छ । १५ असार बेलुका साढे सात बजेसम्म भोटिङ गर्न सकिनेछ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar