अापसि विवादका निलकण्ठको नगरसभा सुरु भएन

अापसि विवादका निलकण्ठको नगरसभा सुरु भएन

  • Kandara Samachar

  • सोमवार, असार ११, २०८१

  • 0
    SHARES
अापसि विवादका  निलकण्ठको नगरसभा सुरु भएन

धादिङबेसी ।

११ बजे भनेर बाेलाईएकाे नीलकण्ठ नगरपालिका नगरसभाकाे अधिवेशन २: २० हुँदा पनि नगरपालिका प्रमुख भिम ढुंगाना, उपप्रमुख दिपक विक अनुपस्थित भएका कारण सुरु हुन सकेन ।
यो समाचार तयार पार्दा सम्म ( दिउसोको २: २०बजे ) नगर सभा गर्ने भनिएको शभाहलमा मेयर भिम प्रसाद ढुङ्गाना , उपमेयर दिपक विश्वकर्मा सहित माओवादी केन्द्रका तर्फबाट निर्बाचित जनप्रतिनिधिको उपस्थिती भएको छैन ।
नगर सभामा पेश गर्न लागिएको बजेटमा उपमेयर सहित माओवादी केन्द्र निकट जनप्रतिनिधिले असन्तुष्टि जनाएको कारण नगर शभा सुरु हुन नसकेको हो ।
एक जना प्रतिनिधिले नाम नबताउने सर्तमा भने मेयरले एकाधिकार जमाउन खोज्नुभो , यहि अबस्था रहे सभा चल्दैन । यता नगरसभाका लागि सभास्थलमा उपस्थित भएकाहरुले यसको चर्को आलोचना गरेका छन । सभा कुन बेला सुरु हुन्छ भन्ने अझै अन्यौल छ ।
उपप्रमुख दिपक विश्वकर्मा सहितकाे नेकपा माअाेवादी केन्द्र टाेली मेयर ढुंगानासंग छलफलमा बसिरहेकाे भएपनि निष्कर्ष निस्केकाे छैन ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar