धादिङका इज्जत दनै सहभागी यु १९ भलिबलमा नेपालकाे विजयी सुरुवात

धादिङका इज्जत दनै सहभागी यु १९ भलिबलमा नेपालकाे विजयी सुरुवात

  • Kandara Samachar

  • शनिबार, बैशाख १५, २०८१

  • 265
    SHARES
धादिङका इज्जत दनै सहभागी यु १९ भलिबलमा नेपालकाे विजयी सुरुवात


धादिङ ।
बङ्गलादेशको राजधानी ढाकामा सुरुभएकाे आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल यु–१९ प्रतियोगितामा नेपाली टाेलीकाे विजयी सुरुवात भएकाे छ ।
नेपालले माल्दिभ्सलाई ३-१ को सेटमा पराजित गरेकाे हाे ।
नेपालले मालदिभ्सलाई २३-२५, २५-१९, २५-१३, र २५-२१ काे सेटमा पराजित गरेकाे छ ।
शनिबार रातीकाे खेल बंगलादेश र नेपाल बिच हुने छ ।
नेपाली टाेलीमा खेलाडी तर्फ इज्जत दनै, सुरेश मल्ल, यज्ञराज जोशी, अबिशेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहरा, शशि पुलामी मगर र भुवन तामाङ रहेका छन् ।
त्यसैगरि टिम व्यवस्थापनमा उत्सव खड्का प्रशिक्षक, जनक बहादुर खड्का सहायक प्रशिक्षक र दीपक थापा म्यानेजर रहेका छन् ।
नेपालभरबाट छनोट भएकाले खेलाडीहरूलाई कुनै पनि सरकारी निकायको सहयोग विना नै आर्थिक व्यवस्थापन गरेर बङ्गलादेश पठाइएको बताईएकाे छ ।
ईज्जत् दनै पनि सहभागि
धादिङका ईज्जत् दनै आधारभुत वर्गबाट संघर्ष गर्दै धादिङकाे एड्भान्न्स एकेडेमीबाट एसइइसंग भलिबल समेत सिकेकाे विद्यालयका अर्जुनकुमार श्रेष्ठले बताउनुभयाे ।
विद्यालय तहकाे खेलकुदमा समेत दनैले उत्कृष्ट खेलाडिकाे रुपमा प्रस्तुत हुँदै अाएका थिए ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar