विजुली पाेल लड्ने र पहिराेकाे जाेखिममा भैरवी टाेल

विजुली पाेल लड्ने र पहिराेकाे जाेखिममा भैरवी टाेल

  • Kandara Samachar

  • शुक्रबार, भदौ १५, २०८०

  • 154
    SHARES
विजुली पाेल लड्ने र पहिराेकाे जाेखिममा भैरवी टाेल

नानू कार्की/धादिङ
बिजुलीको पोल ढल्ने अवस्थामा पुगेपछि नीलकण्ठ नगरपालिका वडा नं ४ भैरवीटोलबासी जाेखिममा परेका
टाेलमा आवतजावत गर्ने कच्ची सडक समेत पहिराेले क्षति पुर्याएपछि बालबालिका समेत समस्यामा परेका हुन् ।
विजुलीको पोल गाढेको स्थानबाट पहिरो खसेपछि पोल ढल्ने अवस्थामा पुगेको हो ।
पिचसडक मुनि कच्ची सडक खनिएकाे ठाउँमा पहिराे समेत गएकाे छ भने विद्युत पाेल लड्न लागेपछि टाेलबासी दुर्घटना हुने त्रासमा बस्नु परेकाे स्थानीय विष्णुबहादुर अर्यालले बताउनुभयो ।
पहिरोले उक्त पोल ढलेमा घरमा पर्ने भएकाले बस्ती समेत जोखिममा परेको हाे । जसका कारण स्थानिय बासीहरु त्रासित बनेका छन् । पहिरोले जुनसुकै बेला पोल ढल्न सक्ने विषयमा पटक पटक नेपाल विद्युत् प्राधिकरण धादिङ वितरण केन्द्रलाई जानकारी गराउँदा पनि मर्मतका लागि चासो नदेखाएको स्थानिय कमला ढुंगानाले बताउनुभयाे ।
पटकपटक मर्मतका लागि आग्रह गर्दा समेत बेवास्ता गरिएको उनीहरुको गुनासो छ । विद्युत पोल मर्मत समय मै नगरिए आगलागीको जोखिम समेत छ । पाेलसंगै भैरवि टाेलमा जाने सडक पहिराे र हिलाेका कारण विद्यालय जाने बालबालिका समेत समस्यामा परेकाे ढुंगानाकाे भनाई छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar