सुन ! सुन !! सुन !!!

सुन ! सुन !! सुन !!!

  • Kandara Samachar

  • बिहिबार, भदौ ७, २०८०

  • 69
    SHARES
सुन ! सुन !! सुन !!!

– लक्ष्मण शर्मा
————

१. केपी वलीको पछिल्लो सरकार बन्नु अघि ३३ किलो सुनको चर्चा थियो, सरकारले अनुसन्धान ग-यो, केहि पक्राउ परे, छोडिसकेको छैन भने अहिले पनि जेलमा छन होला।
२. यो प्रचण्ड नेतृत्वको सरकार बने पछि फेरि सुनको चर्चा चल्यो। एउटा माओवादी सांसदले केपी ओली सरकारले अनुदान दिएको पैसाले किनेको पशुपतिनाथको जलहरी पित्तलको बनेको दावी गरे। अख्तियारले अनुसन्धान ग-यो। त्यो जलहरी सुनले नै बनेको रहेछ।
३. त्यो बेलामा फेसबुक लगायतका सोसल मिडियमा केपी वलीको फोटोमा सुनको माला, बाला, औठी लगाएको रोचक फोटो देखिन्थ्यो। तर त्यहि बेलामा माओवादी नेता तथा पूर्व सभामुख र वहाँको पुत्रहरुको सुन तस्करसङ्ग वार्तामा व्यस्त रहेछन्।
४. भूटानी शरणार्थीको आवरणमा नेपालीहरुलाई अमेरिका सप्लाई गर्ने गिरोहको चरणमा उपप्रम नारायणकाजी श्रेष्ठ र गठवन्धन प्र म प्रचण्डको वाहवाही उत्कर्षमा थियो। जनताको साथ सहयोग पनि बबाल थियो, त्यो लोकपृयताको बलमा कांग्रेसका नेता बालकृष्ण खाँड, एमाले सांसद सचिव टोपबहादुरहरु पक्राउ परे। तर सोहि समयमा क्विण्टलका क्विण्टल सुन सरकारी सेटिङमा नेपाल भित्र्याइदै रहेछ। मिडियाले बताए अनुसार प्रधानमन्त्रीका प्यारा महानिर्देशक स्वयम नै यो तस्करीमा संलग्न भएको रहेछ र आज मन्त्रालयमा खिचिएको छ।
५. तथ्याङ्कले भन्छ, यो सरकार बहाल भएपछि १० लाख श्रमिक विदेशिएकाछन्, डलरको भाउ उल्लेखनीय ढङ्गले बढेकोछ। तर रेमिट्यान्स बढेको छैन। कहाँ जान्छ त्यो पैसा। सायद हुण्डीको बाटो गरी आएर यस्तै तस्करीमा खर्च भएको होला। छानविन आयोगले यो पनि खोजोस्।
६. प्रतिपक्षी दलले उच्च स्तरीय न्यायिक छानविन आयोग गठन गर्न माग गर्दा, आत्महत्या गरे पनि हुन्न भन्थे, अहिले बुझिदैछ, सरकार किन यत्ति ज़र्रों भएको होला भनेको अब खुल्दैछ। सरकारको साझेदार कांग्रेसले पनि कुरा बुझ्न थालेको देखिन्छ। खाँडलाई थु्नेहरुले महरालाई किन सोधपुछ पनि गरेनन् ? ललिता निवासवाला पूर्व प्रधानमन्त्रीहरुको निवासमा गएर सोफामा बसेर सोधपुछ गर्नेहरुले खाँड र खुलालहरुलाई किन मौका दिएनन् भनेर कांग्रेसले पनि दवाब बढाउन थालेको देखिन्छ।
७. अहिेले फेरि गीरिबन्धुको हल्ला मच्चाएर एमालेलाई बदनाम गर्न थालेको देखिन्छ। सरकारवालाले हल्ला गर्ने हैन के, प्रमाण खोज्ने र हतकडी लगाउने हो। सरकारवादी फेसबुके हुइयाँहरुले मुछेका केपी वलीले खुल्ला चुनौति दिइसकेकाछन्।
८. मलाई चाहिँ यो गीरिवन्धुको हल्ला चलाउनेहरुले अरु केहि धन्दा छोप्न यता हल्ला गरेका हुन् कि जस्तो लाग्छ। यो माओवादीको पुरानो स्टायल हो। यो चौकी हान्ने भनेर ऊ चौकी हान्थे, यो जिल्ला भनेर त्यो जिल्ला ठोक्थे। ईण्डियासंग सम्झौता गरेर आएर यता भारत विरुध्द सुरुङ युध्दको गतिविधि भन्थे। अस्ती भर्खर पनि जलहरीको हल्ला गरेर भन्सारबाट क्विन्टलका क्विन्टल सुन छिराएछन्। वलीको सुनमय तस्बिर बनाएर महराहरुको गतिविधि छोपछाप गरे।
९. हिजो गठित छानविन समितिले गहिरिएर छानबिन गरुन्, त्यसको आधारमा अपराधीहरुहरुको कार्वाही होस्, नीतिगत सुधार होस्। राजनीतिभित्रका तस्करहरु र तस्करीभित्रका राजनीतिक पात्रहरु नांगेझार होउन्, त्यहि कामना छ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar