विकासमा साझा धारणा बनाउनुपर्ने नेताहरुकाे जाेड : सन्दर्भ – ४५ अौँ पुष्पलाल स्मृति दिवस

विकासमा साझा धारणा बनाउनुपर्ने नेताहरुकाे जाेड : सन्दर्भ – ४५ अौँ पुष्पलाल स्मृति दिवस

  • Kandara Samachar

  • आइतवार, साउन ७, २०८०

  • 169
    SHARES
विकासमा साझा धारणा बनाउनुपर्ने नेताहरुकाे जाेड : सन्दर्भ – ४५ अौँ पुष्पलाल स्मृति दिवस

धारणा व्यक्त गर्दै नेकपा एमाले केन्द्रीय सदस्य धर्मदत्त देबकाेटा


सुदिप अधिकारी
धादिङ । ७ साउन
जनताको समस्या समाधान गर्नका लागि नेकपा एमाले नेपाली काँग्रेस लगायतका दल एक भएर विकासका विषयमा साझा धारण बनाएर अघि बढ्नु पर्ने राजनितिक दलहरुले बताएका छन् ।
नेकपा एमालेद्वारा धादिङबेसीमा ४५ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित बाम लोकतान्त्रिक आन्दोलनमा पुष्पालालको योगदान विषयक विचार गोष्ठीमा अवबरमा नेकपा एमाले, नेपाली काँग्रेस लगायतका सामाजिक अगुवाहरुले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज धर्मदत्त देवकोटाले जनताको समस्या समाधान गर्नका लागि जनतका साझा विषयमा एमाले नेपाली काँग्रेस लगायतका दल एक भएर अघि बढ्नु पर्ने बताउनुभयो ।
एमालेले जितेका ठाउँमा सहकार्यगर्न जनप्रतिनिधिहरुलाई निर्देशन दिइएको बताउँदै नेपाली काँग्रेसले जितेको ठाउँमा विकासका योजनामा सहकार्यगर्नका लागि आग्रह गर्नुभयो । राजनिति सेवा भएकोले चुनावपछि जितेकाहरुले निजि सम्पत्ती जस्तो ठान्ने बानी त्यागेर चुनाव जितेपछि साझा मान्छे हुन सिक्नु पर्नेमा अहिलेका जनप्रतिनिधि त्यो हुन नसकेको बताउनुभयो ।
दुखकष्टबाट प्राप्त गरेको व्यवस्थालाई समृद्ध पार्दै समाजबादका लागि इमान्तदार भएर अघि बढ्न सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस धादिङका पूर्व सभापति रमेश धमलाले विकासका साझा विषयमा याझा धारणा बनाउन दलहरुलाई आग्रह गर्नुभयो । हरेक वडामा कम्तिमा विकासका ५ ओटा विषयमा साझा एजेण्डा बनाएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । पुष्पलाल जस्ताले गर्दा यो व्यवस्था आएर अहिले विकासको यो अवस्थामा आएकोले योगदानको चर्चा गर्दै सम्मान गर्दै नयाँ काम गर्नु पर्ने धमलाको भनाइ छ ।
पुष्पलाललाई लेनिनसंग तुलना गर्दै माक्र्सबाद अध्यायन प्रतिष्ठानका अध्यक्ष सीताराम कोइरालाले नेपालका कम्युष्टिलाई एकतावद्ध गर्दै अघिबढ्न पुष्पलालको विचारले योगदान गरेको बताउनुभयो ।
पुष्पलालको विचारले सबै राजनितिक दल एकजुट भएर एकताबद्ध अघिबढ्नु पर्ने बताउनुभयो। मृत्युको अन्तिम घडीमा समेत भारतले उपचार गरिदिन्छु भन्दा इन्कार गरि आफ्नै देशको जनताले उपचार गर्ने बताएर आफूलाई सादगीको उदाहरण दिनुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीयसदस्य जानुका सिंखडा, रेशम लामा लगायतले पुष्पलाललको जिवनी र योगदानबारे चर्चा गर्नुभएको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar