धादिङ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) धादिङको अध्यक्षमा दिनेश भट्ट चयन हुनुभएको छ ।
सदरमुकाम धादिङबेशीमा रहेको चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा सम्पन्न प्याब्सन दिवस तथा ११ औँ जिल्ला अधिवेशनले धुनिवेशी नगरपालिकामा रहेको शान्तिदिप एकेडेमीका दिनेश भट्टको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हाे।
कार्यसमितिको उपाध्यक्षमा टिका प्रसाद थपलिया (राईजिङ स्टार बेनिघाट रोराङ), सचिवमा भिम बहादुर श्रेष्ठ (एडभान्स एकेडेमी धादिङबेशी), कोषाध्यक्षमा सन्जिप गजुरेल (ब्लुमिङ लोटस थाक्रे) चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा आँचल श्रेष्ठ (आधारशिला पाठशाला धादिङबेशी), देवी कुमारी पाण्डे (सल्यान्टार बालविकास त्रिपुरासुन्दरी) र राजकुमार त्रिपाठी (ब्राईट फयुचर बेनिघाट रोराङ) चयन हुनुभएको छ । कार्यसमितिमा अव ७ वटा पालिकाबाट १/१ जना सदस्य मनोनित गरिने नवनिर्वाचित सचिव भिम बहादुर श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै ३ जना महाधिवेशन प्रतिनिधी र ३ सदस्यीय सल्लाहाकार समिति पछि मनोनित गरिने श्रेष्ठले बताउनुभयो ।
अधिबेशनकाे प्याब्सनका केन्द्रिय उपाध्यक्ष किशोर कुमार गौतमले उद्घाटन गर्दै उत्कृष्ट विद्यार्थी निजि विद्यालयले उत्पादन गरेको बताउनुभयाे ।
प्याब्सन जिल्ला अध्यक्ष बिनाेदमान श्रेष्ठकाे अध्यक्षतामा भएकाे उद्घाटन समाराेहमा प्याब्सन केन्द्रीय उपाध्यक्ष थकिन कुमार गुरुङ, प्याब्सन बागमती प्रदेशका उपाध्यक्ष केशवलाल श्रेष्ठ लगाएतले शुभकामना व्यक्त गर्नुभाे ।