धादिङ ।
नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखा धादिङले स्व. पूर्ण प्रसाद स्वयंसेवक पुरस्कार र स्व. पूर्ण प्रसाद जुनियर स्वयंसेवक पुरस्कार वितरण गरेकाे छ ।
नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखा धादिङको ३९ औँ वार्षिक साधारण सभाको अवसरमा नेपाल रेडक्रस सोसाइटी ज्वालामूखी गाउँपालिका शाखा, तदर्थ समितिका सदस्य राजु विश्वकर्मालाई मानवीय सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेकाेले स्व. पूर्ण प्रसाद स्वयंसेवक पुरस्कार प्रदान गरिएकाे छ ।
२०५० देखि मानवीय सेवा र सामाजिक परिवर्तकाे अभियान र आन्दोलनहरुमा सहभागी हुँदै आउनुभएकाे छ ।
यसैगरि स्व. पूर्ण प्रसाद जुनियर स्वयंसेवक पुरस्कार चक्रेश्वरि आवि त्रिपुरासुन्दरी ७ का जुजियर रेडक्रस सर्कलका स्राेत सार्कीलाई प्रदान गरेकाे छ ।

नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाको ३९ औँ वार्षिक साधारण सभामा बागमति प्रदेश का सभापति भाेला रुपाखेतीकाे प्रमुख आतिथ्यमा भएकाे साधारणसभामा बागमति प्रदेश का सबै जिल्ला सभापतिहरुकाे सहभागिता थियाे ।
जिल्ला शाखाका सभापति दुर्लभ तामाङकाे अध्यक्षतामा भएकाे साधारणसभामा जिल्ला शाखाका मन्त्री नेमबहादुुर श्रेष्ठले प्रगति तथा आगामी याेजना र काेषाध्यक्ष नारायणकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नुभयाे ।