बलात्कार कसुरमा ७ वर्ष १ महिना कैद, पीडितलाई २ लाख क्षतिपूर्ति फैसला

बलात्कार कसुरमा ७ वर्ष १ महिना कैद, पीडितलाई २ लाख क्षतिपूर्ति फैसला

  • Kandara Samachar

  • मङ्लबार, अशोज १५, २०८१

  • 51
    SHARES
बलात्कार कसुरमा ७ वर्ष १ महिना कैद, पीडितलाई २ लाख क्षतिपूर्ति फैसला

धादिङ ।
जिल्ला अदालत धादिङले ५१ वर्षीया महिला बलात्कार गरेकाे कसुरमा धुनीबेसी नगरपालिका-२ का ३८ वर्षीय सन्ताेष रम्तेललाई ७ वर्ष १ महिना कैद फैसला गरेकाे छ ।
जिल्ला न्यायाधीश मनकुमारी जिएम वि.क. काे मंगलबारकाे इजलासले कसुरदार ठहरिएका रम्तेललाई ७ वर्ष १ महिना कैद, ३ लाख रूपैयाँ जरिवाना गर्ने, पीडित राहत काेषमा १२ हजार तिर्ने र पीडितलाई २ लाख क्षतिपूर्ति दिने फैसला गरेकाे जिल्ला अदालतका श्रेस्तेदार माधव भणडारीले बताउनुभयाे ।
कसुरदार विरुद्ध जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकिल मार्फत ०८१ असार १८ गते जवरजस्ती करणी मुद्दा दर्ता गरेकाे थियाे ।
कसुरदार विरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा ०८१ जेठ ३० गते जबरजस्ती करणी मुद्दा दर्ता भएकाे छ ।
पीडित पक्षले ०८११ जेठ १४ गते आराेपीतले बलात्कार गरेकाे भन्दै जेठ २९ गते उजुरी दिनुभएकाेले जबरजस्ति करणी मुद्दा दर्ता गरिएकाे थियाे । पीडितको स्वास्थ्य परिक्षण धादिङ अस्पतालमा जेठ २९ गते भयाे ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar