पाँचथरमा आगोमा जलेर २ जनाको मृत्यु

पाँचथरमा आगोमा जलेर २ जनाको मृत्यु

  • Kandara Samachar

  • बुधबार, पुस २०, २०७९

  • 177
    SHARES
पाँचथरमा आगोमा जलेर २ जनाको मृत्यु

पाँचथरको फिदिम नगरपालिका–८ घुमाउनेटारको एक घरमा लागेको आगोमा जलेर दुई जनाको मृत्यु भएको छ ।

मेखबहादुर गुरुङको घरमा गएराति साढे १ बजे आगलागी हुँदा मेखबहादुरका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षीया बुहारी आसाङसिंह थेबेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी हरि खतिवडाले जानकारी दिए ।

आगोमा जलेर ५५ वर्षीय मेखबहादुर गुरुङ र उनका छोरा विजेन्द्र घाइते छन् । उनीहरुको अवस्था सामान्य छ । उनीहरुको टाउको, हात र खुट्टामा आगोले पोलेको छ ।

उक्त घरमा ७ जना सुतेकोमा २ जनाको मृत्यु भएको, दुई जना घाइते भएको र तीन जना भागेर ज्यान जोगाउन सफल भएको डिएसपी खतिवडाले जानकारी दिए ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar