नेपाल टेलिकमको पोर्टल ह्याक गरेको इन्डोनेसियाली ह्याकरको दाबी

नेपाल टेलिकमको पोर्टल ह्याक गरेको इन्डोनेसियाली ह्याकरको दाबी

  • Kandara Samachar

  • बुधबार, बैशाख १३, २०८०

  • 160
    SHARES
नेपाल टेलिकमको पोर्टल ह्याक गरेको इन्डोनेसियाली ह्याकरको दाबी

काठमाडौं । इन्डोनेसियाली ह्याकरको एक समूहले नेपाल टेलिकमको मनिटरिङ पोर्टल ह्याक गरेको दाबी गरेकाे छ । ‘Ganosec Team’ नाम भएकाे उक्त समूहले टेलिग्राम च्यानलमार्फत टेलिकमको पोर्टल कब्जामा लएकाे दाबी गरेकाे हाे ।

यसअघि भारतका विभिन्न साइट ह्याक गरेको दाबी गर्ने यो समूहले पोस्टमार्फत भारतसँगको आफ्नो मामिलामा नेपाललाई कहिल्यै हस्तक्षेप नगर्न अनुरोध गरेकाे थियाे ।

साइबर सुरक्षा विश्लेषक विजय लिम्बूले इन्डाेनेसियाली ह्याकरहरूले नेपाल सरकार र यस मातहतका एजेन्सीको वेबसाइटमाथि आक्रमण गरिरहेको जानकारी दिए ।

उनका अनुसार उक्त समूहले टेलिकमकाे मनिटरिङ पाेर्टल कब्जामा लिई इन्टर्नल बजेट डेटा लिक गरेकाेसमेत दाबी गरेकाे छ । याे समूहले नेपाल प्रहरी, बी एण्ड बी हस्पिटल आदिको वेबसाइटमा पनि आक्रमण गरेकाे लिम्बूले बताए ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar