धादिङ । लगातारको वर्षापछि पृथ्वी राजमार्गअन्तर्गत धादिङ खण्डमा कृष्णभीरसहित एक दर्जन स्थानमा पहिरो खसेको छ। पहिरो खस्ने क्रम नरोकिएपछि जिल्ला प्रशासन कार्यालय धादिङले अर्को सूचना जारी नभएसम्म राजमार्गमा यातायात सञ्चालनमा रोक लगाएको छ। पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट–१० स्थित कृष्णभीरमा ठूलो पहिरो खस्दा...

लगातार वर्षाले पृथ्वी राजमार्गमा पहिरो, कृष्णभीरसहित एक दर्जन ठाउँमा सडक अवरुद्ध

  धादिङ । दुई दिनदेखि लगातार भइरहेको वर्षाका कारण धादिङका सडकमा पहिरो खस्ने क्रम बढेपछि पृथ्वी राजमार्गको धादिङ खण्ड र त्रिभुवन राजपथको धादिङ खण्डमा यातायात सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले शुक्रबार बिहान सूचना जारी गर्दै पृथ्वी राजमार्ग भएर चल्ने...

राजमार्गमा जताततै पहिराे खस्न थालेपछि राजमार्गहरु बन्द

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातार भइरहेको वर्षाका कारण शुक्रबार राति कृष्णभीर क्षेत्रमा माथिबाट ठूला ढुङ्गासहित पहिरो खसेको हो। पहिरोका कारण राजमार्गको सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। जिल्ला प्रशासन...

कृष्णभीरमा ठूलो ढुङ्गासहित पहिरो खस्दा पृथ्वी  राजमार्ग अवरुद्ध

धादिङ । सितल छहारी नेपालले धादिङको गजुरी गाउँपालिका–२, विहानी पम्प क्षेत्रमा बाढी तथा विपद्बाट प्रभावित १४ घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ। संस्थाले प्रभावित परिवारलाई पानीका जार, डिस्पेन्सर, बाटा, चपिङ बोर्ड, भान्सामा आवश्यक सामग्री, ब्रससहितका सरसफाइ सामग्री, बोतललगायत दैनिक प्रयोगमा आवश्यक...

बाढी प्रभावित १४ परिवारलाई सितल छहारी नेपालको राहत

धादिङ । भदौ १० गते आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त बनेको धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ। बाढीका कारण अस्पतालको भुइँतलामा रहेका औषधि, स्वास्थ्य सामग्री तथा विभिन्न उपकरणमा क्षति पुगेपछि केही समयदेखि नियमित स्वास्थ्य सेवा प्रभावित हुँदै...

बाढीले क्षतिग्रस्त बैरेनी अस्पताल स्वास्थ्य सामग्री सहयोगपछि पुनः सञ्चालनमा

धादिङ । भोटेकोसीमा हिमपहिरोपछि आएको बाढीबाट क्षतिग्रस्त बनेको गल्छी गाउँपालिका–६ बैरेनीस्थित बैरेनी अस्पतालमा सञ्चालन गरिएको दुईदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट २३५ जनाले स्वास्थ्य सेवा लिएका छन् । अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा तथा ब्लड डोनर्स अफ अमेरिका, धादिङ समाज यूके र धादिङ...

भाेटेकाेसी बाढीले क्षति पुर्याएकाे बैरेनी अस्पतालमा विशेषज्ञ स्वास्थ्य शिविर, २३५ जनाले लिए सेवा

धादिङ नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धादिङको गल्छी गाउँपालिकाका बाढी प्रभावित विभिन्न क्षेत्रको स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ । भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पछिल्लो विपत्तिलाई सामान्य बाढीका रूपमा मात्र...

बाढी प्रभावित क्षेत्रको निरीक्षणमा प्रचण्ड

धादिङ । गल्छी गाउँपालिका–६ बैरेनीस्थित बैरेनी अस्पतालमा दुईदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा तथा ब्लड डोनर्स अफ अमेरिका, धादिङ समाज यूके र धादिङ सेवा समाज कतारको सहकार्यमा शिविर आयोजना गर्न लागिएको हो। शिविरमा गल्छी...

बैरेनी अस्पतालमा दुईदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर

धादिङ । गजुरी गाउँपालिका–५ गलौंदीस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका भोटेकोशी बाढी प्रभावित ४२ परिवारलाई आकस्मिक राहत सामग्री प्रदान गरिएको छ। चाइल्डफण्ड जापानको आर्थिक सहयोग तथा प्रयास नेपाल धादिङको व्यवस्थापनमा भदौ २४ गते राहत सामग्री वितरण गरिएको हो। राहत वितरणमा गजुरी गाउँपालिका–५...

गलौंदीका ४२ बाढीपीडित परिवारलाई आकस्मिक राहत

© copyright 2026 and all right reserved to Kandara Samachar