भाेटेकाेसीबाढीले क्षति पुर्याएकाे बैरेनी अस्पतालमा नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सुरु

भाेटेकाेसीबाढीले क्षति पुर्याएकाे बैरेनी अस्पतालमा नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सुरु

  • Kandara Samachar

  • शनिबार, भदौ २७, २०८३

  • 37
    SHARES
भाेटेकाेसीबाढीले क्षति पुर्याएकाे बैरेनी अस्पतालमा नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सुरु

धादिङ

भाेटेकाेसीमा हिमपहिराे पछि आएकाे बाढीले क्षतिग्रस्त भएकाे बैरेनी अस्पताल सरसफाइ गरि सेवा सुरु भएसंगै गल्छी गाउँपालिका–६ बैरेनीस्थित बैरेनी अस्पतालमा दुईदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सुरु भएको छ।

अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा तथा ब्लड डोनर्स अफ अमेरिका, धादिङ समाज यूके र धादिङ सेवा समाज कतारको सहकार्यमा शिविर आयोजना गरिएको हो। शिविरमा गल्छी गाउँपालिकाको स्थानीय सहयोग रहेकाे  छ भने इन्सेकले कार्यक्रम समन्वय गरेकाे थियाे ।

नि:शुल्क विषेषज्ञ स्वास्थ्य शिविर सुरुवातकाे पहिलाे दिनमा महिला ३१ जना र पुरुष २८ जना गरि ५९ जनाले सेवा लिनुभएकाे अन्तर्राष्ट्रिय धादिङ समाजका काेषाध्यक्ष रामकुमार थापाले जानकारी दिनुभयाे  ।

शिविरमा जनरल फिजिसियन डा. दिपक सुन्दर श्रेष्ठ, महिला रोग विशेषज्ञ डा. सरिता सुटाैला,  मानसिक रोग विशेषज्ञ डा. प्रज्वल थापा  र हाडजोर्नी विशेषज्ञ डा. विकास पराजुलीले सेवा दिनुभएकाे छ ।

विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श लिन चाहने सर्वसाधारण शिविरमा सहभागी हुनु भएकाे थियाे ।

कार्यक्रम शुभारम्भकाे अवसरमा शिविरमा सेवा लिन आउनुभएका विरामीलाई कार्ड दिएर सुरु गरिएकाे थियाे । गाउँ पालिका अध्यक्ष केदारनाथ खतिवडाले कार्यक्रम शुभारम्भ गर्दै स्थानी जनतालाई परेकाे समस्या र विपदमा सहयाेग गर्नु भएकाेमा अन्तर्राष्ट्रिय धादिङ समाजलाई धन्यवाद दिनुभयाे ।

विपदमा सहयाेगिहरुले गरेकाे याेगदानकाे पालिकाले मुल्यांकन गरेकाे बताउँदै विपदमा मानिसका लागि आधारभुत स्वास्थ्य सेवा नै भएकाेले अस्पताल र कार्यक्रम संचालन गर्नेहरुदेखि कृतघ्न रहेकाे उल्लेख गर्नुभयाे । अन्तर्राष्ट्रिय धादिङ समाजका सल्लाहकार डा. प्ररताप छत्कुलीकाे अध्यक्षतामा भएकाे शुभारम्भ  कार्यक्रममा गाउँ पालिका अध्यक्ष  खतिवडा, उपाध्यक्ष भाइकाजी तिवारी, ६ नम्बर वडा अध्यक्ष दिपक कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष तथा इन्सेक प्रतिनिधि सीताराम अधिकारी, बैरेनी अस्पतालमा प्रमुख डा. मधुकर दहाल, अन्तर्राष्ट्रिय धादिङ समाजका प्रसुना कँडेल,  अनाैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) वरिष्ठ अधिकृत  सूचना अधिकारी कृष्ण गाैतम,  बागमति प्रदेश संयाेजक शिव खकुरेल, लगायत उपस्थिति रहेकाे थियाे ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar