ठाकुरप्रसाद शर्मा प्रतिष्ठान
गजुरी-१ धादिङ
सम्पूर्ण आजीवन सदस्य महानुभावज्यूहरू,
विषय :
तेस्रो वार्षिक साधारणसभामा उपस्थित हुने बारे ।
ठाकुरप्रसाद शर्मा प्रतिष्ठान कार्य समिति बैठकको निर्णयानुसार विधानको धारा ११(४) बमोजिम यस प्रतिष्ठानको तेस्रो वार्षिक साधारणसभा देहाय बमोजिमको मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण आजीवन सदस्य महानुभावहरूलाई गरिमामय उपस्थितिको लागि सादर अनुरोध गर्दछु ।
मिति, समय र स्थान :
मिति : २०८३ मङ्सिर ४ गते शुक्रवार
समय : बिहान ११.३० बजे
स्थान : गजुरी- १, गजुरी बजार, धादिङ
सभामा छलफल तथा निर्णयार्थ पेश गरिने विषयहरू :
(१) महासचिवबाट पेश हुने आ. व. २०८२/०८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
(२)कोषाध्यक्षबाट पेश हुने आ. व. २०८२/०८३ को आर्थिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
(३) आ. व. २०८३/०८४ को लागि बाह्य लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
(४) आ. व. २०८३/०८४ को वार्षिक कार्ययोजना पारित गर्ने ।
(५) साधारणसभाका निर्णयहरू प्रमाणित गर्न प्रतिनिधि चयन गर्ने ।
(६) विविध ।
नाेट: तेस्रो साधारणसभाको कार्यक्रम सम्पन्न भएपछि विभिन्न पुरस्कार/सम्मान अर्पण कार्यक्रम रहेकाेले साेमा पनि सहभागी हुन अनुरोध छ ।
– कृष्णराज सिलवाल
महासचिव
(सम्पर्कनं:९८५११२५१४३)
मिति:२०८३/०७/१९ ।