अन्तर्राष्ट्रिय धादिङ समाजको निर्वाचन प्रमुख आयुक्तमा अधिवक्ता विश्वराज अधिकारी

अन्तर्राष्ट्रिय धादिङ समाजको निर्वाचन प्रमुख आयुक्तमा अधिवक्ता विश्वराज अधिकारी

  • Kandara Samachar

  • मङ्लबार, अशोज ६, २०८३

  • 63
    SHARES
अन्तर्राष्ट्रिय धादिङ समाजको निर्वाचन प्रमुख आयुक्तमा अधिवक्ता विश्वराज अधिकारी
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":[],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"transform":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

धादिङ ।

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशनका लागि अधिवक्ता विश्वराज अधिकारीलाई निर्वाचन प्रमुख आयुक्तमा नियुक्त गरिएको छ।

आगामी असोज ३१ गते धादिङबेँसीमा आयोजना हुने चौथो महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकाले निर्वाचन प्रक्रिया व्यवस्थित, पारदर्शी र निष्पक्ष रूपमा सम्पन्न गर्न अधिकारीलाई निर्वाचन प्रमुख आयुक्तको जिम्मेवारी दिइएको समाजका अध्यक्ष राजन खकुरालले जानकारी दिनुभयो।

महाधिवेशनको निर्वाचन प्रक्रिया तथा नेतृत्व चयनलाई सहजीकरण गर्ने जिम्मेवारी अधिकारीले सम्हाल्नुहुनेछ। महाधिवेशनका लागि आवश्यक तयारीलाई समाजले तीव्र बनाएको जनाएको छ।

धादिङ जिल्लाबाट विभिन्न मुलुकमा पुगेका नेपालीलाई संगठित गर्दै जिल्लाको सामाजिक तथा मानवीय सेवामा योगदान पुर्‍याउने उद्देश्यले अन्तर्राष्ट्रिय धादिङ समाज स्थापना भएको हो। स्थापना भएदेखि समाजले धादिङमा विभिन्न सामाजिक तथा मानवीय सेवाका गतिविधि सञ्चालन गर्दै आएको छ।

समाजका महासचिव बाबुकाजी भण्डारीका अनुसार हाल विश्वका २० वटा देशमा रहेका धादिङेली समाजसँग आबद्ध छन्। विदेशमा रहेका धादिङेलीलाई एउटै सञ्जालमा जोड्दै जिल्लाको विकास र सामाजिक सेवामा सहयोग पुर्‍याउने कामलाई समाजले प्राथमिकता दिँदै आएको छ।

असोज ३१ गते धादिङबेँसीमा हुने चौथो महाधिवेशनमा नयाँ नेतृत्व चयनसँगै समाजको आगामी कार्यदिशा र कार्यक्रमबारे पनि छलफल हुने जनाइएको छ। महाधिवेशनले विदेशमा रहेका धादिङेलीबीचको सहकार्यलाई थप व्यवस्थित बनाउने अपेक्षा समाजले गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar