
धादिङ ।
जातीय छुवाछुत अनेकन रुपमा गाउँमा रहेको र आफू यसको सिकार भइरहेको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राजन बराइले बताउनुभएको छ ।
नीलकण्ठ नगरपालिकाले आयोजना गरेको १९ औं जातिय छुवाछुत र सामाजिक विभेद उन्मुलन दिवसको अबसरमा आयोजना गरिएको अन्तरक्रियामा वढडा अध्यक्ष बराइली आफू गैर दलितहरुले अनेकन रुपमा गर्ने जातीय छुवाछुत र विभेदको सिकार भइरहेको बताउनुभएको छ ।
वडा अध्यक्ष हुनुपूर्व हुने विभेद वडा अध्यक्षभएपछि रुपमा फेरिएको उल्लेख गर्दै बराइलीले बिहान उठेपछि वडाबासीो घरघर पुग्नु पर्छ । काम गरिरहनु पर्छ । बोलाउँछन् छलफल र नागरिकको न्यायको लागि काम गरिरहेको छु तर आफूमाथी नै विभेद भइरहेको आफेँले सहिरहेको उहाँको गुनासो छ ।
केही आफ्ना जनताको घरमा कामको सिलसिलामा पुगिन्छ । खाना खाउँ भन्छन् । अरु वडा अध्यक्ष जस्तो खाना खाने जनतासंग हिड्ने चाहना भएपनि खाना खाएर अपहेलित हुनुभन्दा आफूले अहिलेसम्म कुनैपनि गैर दलितको घरमा खाना नखाएको बराइलीको अनुभव छ ।
धेरैजसो छलफल तथा जनाताको घरमा जम्मा हुनेहरुले चिया खानछन् । आफूले गिलास माझ्नु पर्ने विभेदका कारण अहिलेसम्म चिया समेत नखाएको बताउनुभएका वडा अध्यक्ष बराइलीले जातीय छुवाछुत तथा सामाजिक भेदभाव उन्मूलन दिवस मनाइरहेपनि आफूलाई भने खुसी नलागेको सार्वजनिक गर्नुभयो ।
दलितवडा सदस्यहरु, पूर्व वडा सदस्यहरु, दलित अधिकारकार र सामाजिक न्यायका लागि क्रियाशिल अनुवा तथा राजनीतिक दलका जातीय संगठनका नेताहरुको उपस्थीत रहेको कार्यक्रममा दलितहरुले कानूनीरुपमा अधिकार पाएपनि सामाजिक रुपमा विभेदका घटनाहरु भइरहेको कार्यक्रममा बताका छन् ।
अन्तरक्रिया कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले नियम कानुनलाई प्रयोग गरेर समुदायमा परेको अन्यायको बारेमा आवाज उठाउन आग्रह गर्नुभएको छ ।
जातिय भेदभावका कुराहरुलाई मात्रै लिएर नहुने बताउदै दलित समुदायका निम्ति नगरपालिकाले शिक्षामा पहिलो प्राथमिकता दिई आर्थिक उपार्जनको निम्ति विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायधिस मन कुमारी जिएम विकले जातिय छुवाछुत विरुद्धको ऐन २०६८ आएपछि दलित समुदायले आवाज उठाउन सकेको बताउनुभयो । ऐन नहुँदा दलित समुदायका नागरिकहरुले मानवको रुपमा बाच्न पाउने अधिकारबाट वञ्चित हुन परेको स्मरण गर्दै कसैले जातिय विभेद गरेमा उजुरी लिएर न्यायको लागि न्यायलयमा आउन आग्रह गर्नुभयो ।
अन्याय गर्ने भन्दा अन्याय सहनु ठुलो अपराध रहेको बताउदै अन्याय सहेर बस्न नहुने प्रमुख जिल्ला अधिकारी समुन घिमिरेले बताउनुभयो । यदि कतै विभेद गरेको उजुरी आएमा विभेद गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीले जातिय छुवाछुत अन्त्यको निम्ति निरन्तर कलम चलाईरहेको बताउदै दलित समुदायको पक्षमा समाचार लेख्दा विभिन्न आलोचनाहरु खेप्नुपरेको स्मरण गर्नुभयो ।
कार्यक्रममा दलित अधिकारकर्मी भुवल विश्वकर्मा, कुमार विश्वकर्मा, रामबहादुर बसेलले जुनसुकै राजनिति धर्म भएपनि यसलाई पन्छाएर जातिय विभेद अन्त्यको निम्ति एक ढिक्का भएर लाग्नुपर्ने जोड दिनुभयो ।