वर्तमान सरकारले विकासका काम गरेकाेछ : प्रम ओली

वर्तमान सरकारले विकासका काम गरेकाेछ : प्रम ओली

  • Kandara Samachar

  • बुधबार, जेष्ठ १५, २०८२

  • 207
    SHARES
वर्तमान सरकारले विकासका काम गरेकाेछ : प्रम ओली

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले नयाँ कामको थालनी गरेको बताउनु भएको छ । धुलिखेल अस्पताल परिसरमा निर्माण हुने धुलिखेल ट्रमा तथा आकस्मिक केन्द्रको शिलान्यास गर्नुहुँदै सरकारले नयाँ कामको थालनीका साथै पुराना कामहरु पूरा गर्दै अघि बढेको बताउनु भएको हो ।
“सरकारले केही काम गरेन भनेर आलोचना गरिंदै छ, सरकारले थुप्रै काम सुरु गरेको छ, बिकास एकै दिनमा हुन्न, बिस्तारै हुँदै जान्छ, कुरा गर्न जस्तो सजिलो हुन्न, काम गर्न समय लाग्छ, काम गर्नका लागि सबैसंग हामी गर्छौ भन्ने भावना भने हुनुपर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले कुनैपनी कुराको टिप्पणी गर्नका लागि धेरै मानिसको आवश्यकता नपर्ने भएपनि काम गर्नका लागि भने धेरै मानिस चाहिने बताउनुभयो । सरकार कामको सुरुवात गर्न, सुरु गरेका कामहरु सम्पन्न गर्न, आशामा नै भविश्य छ भन्ने कुरामा बिश्वास गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको कुराले सतर्क हुन सुझाएको बताउनुभयो । उहाँले जापान नेपालको भरपर्दो मित्र देश र बिकासको भरपर्दो साझेदार देशको रुपमा रहेको बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar