
नानु कार्की/धादिङ
माटाे खन्नेक्रममा धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ३ बान्द्रे आग्राखोलामा घाईते भएका एक जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ ।
माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्दा पुरिएर घाईते भएका मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नम्बर ११ घर भई हाल धादिङ थाक्रे गाउँपालिका वडा नम्बर ३ बान्द्रे निवासी २७ वर्षीय राजु बल रहेकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुचना अधिकारी सुवास हमालले जानकारी दिनुभयाे ।
माटोको ढिस्कोले पुरेकोमा स्थानियहरुले उनलाई उद्धार गरी उपचारको लागि महादेववेशीको टाईम्स केयर अस्पतालमा सामान्य उपचार गराएपछि ट्रमा सेन्टर काठमाण्डौँ पठाईएकोमा उपचारका क्रममा साँझ करिब ७ बजेको समयमा मृत्यु भएको थियाे ।
यसैगरि खोटाङ जिल्ला बारापोखरी घर भई धादिङ थाक्रे गाउँ पालिकाका ४२ वर्षीया नम्रता राई सामान्य घाईते भएकी छिन् । सामान्य उपचार पछि उनको डिस्चार्ज भईसकेको प्रहरी चौकी महादेववेशीले जनाएको छ