
धादिङ ।
नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको बागमति प्रदेश स्तरीय लघुकथा प्रतियोगितामा डा. टिकाराम पोखरेलले प्रथम पुरस्कार हात पार्नुभएको छ ।
प्रतियोगितामा “डोजर र मान्छे” शिर्षकको लघुकथा लेखेर डा.पोखरेल प्रथम हुनुभएको हो ।
प्रतियोगितामा प्रा.डा. अजय रिसालको “प्रेमकी देवी” लघुकथा द्वितिय, धन्वन्तरी मिश्रको “विक्रित प्रदुषण” लघुकथा तृतिय र गरिमा खड्का बस्नेतको “गरिमा” लघुकथा सान्त्वना भएको नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रकाश पौडेलले बताउनुभयो ।
प्रथम, द्वितिय, तृतिय र सान्त्वनालाई क्रमश २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद सहित सम्मान पत्रले काठमाण्डौ विश्वविद्यालय नेपाली विभागका डा निर्मलमणि अधिकारीले सम्मानित गर्नुभएको थियो ।
बागमति प्रदेशभरीबाट ४३ लघुकथामध्ये छनौट समितिले छनौट गरि पुरस्कृत गरिएको थियो ।
पुरस्कार वितरणको अबसरमा नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले वैदिक परम्परागत मिमांसा दर्शनको सामकालिन सान्दर्भिकता विद्वत गोष्ठीको समेत आयोजना गरिएको थियो ।
गोष्ठीमा डा निर्मलमणि अधिकारीले सहजीकरण गर्दै अहिलेको अवस्थामा वैदिक परम्परागत मिािंसाबारे चर्चा गर्नुभयो ।
नीलकण्ठ प्रज्ञाप्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दहालको अध्यक्षतामा भएको कार्यक्रममा नीलकण्ठ नगरपालिका प्रमुख भिमप्रसाद ढुंगानाले साहित्य, कला, भाषा, परम्पाको संरक्षण प्रवद्र्धनका लागि काम गर्नका लागि प्रज्ञा प्रतिष्ठानले काम गर्ने बताउनुभयो ।