धुनिबेसीका लाेकप्रिय नेता पाण्डेकाे निधन

धुनिबेसीका लाेकप्रिय नेता पाण्डेकाे निधन

  • Kandara Samachar

  • बुधबार, साउन ९, २०८१

  • 38
    SHARES
धुनिबेसीका लाेकप्रिय नेता पाण्डेकाे निधन

नानु कार्की /धादिङ ।

दक्षिणपुर्वी धादिङको धुनीबेसी नगरका जनताका लाेकप्रिय जनताका नेता नेकपा एमाले धुनिबेसी नगर कमिटीको पूर्व अध्यक्ष ५७ वर्षीय रामराजा पाण्डेको बुधबार विहान निधन भएको छ ।
दुबै मृगाैलामा दुईवर्षदेखि समस्या देखिएपछि काठमाण्डौंको बसुन्धारामा रहेको चिरायु अस्पतालमा नियमित उपचार गराईरहनु भएका पाण्डेको साउन ९ गते विहान ६ वजे अस्पतालमै निधन भएको हो ।
आफ्नो उर्जाशील समय सामाजिक सेवाको क्षेत्रमा विताउनु भएका अत्यन्त शालिन, सरल स्वभावका सामाजिक व्यक्तित्व, २०७९ को स्थानीय तहको निर्वाचनमा धुनिबेशी नगरपालिकाको मेयर पदका उम्मेदवार पाण्डेको निधनको खबर सुनेपछि उहाँलाई नजिकबाट चिन्नेहरुले गहिरो शोक व्यक्त गर्दे सामाजिक सन्जाल मार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
जिवनको महत्वपूर्ण समय गाउँकाे विद्यालय, क्लव, सहकारी, बाटोघाटो, बिजुली, खानेपानी, सामाजिक मेलमिलाप, जनचेतनाका निम्ति विताउनु भएका पाण्डेको निधनले यस क्षेत्रमा अपुरणिय क्षती हुन पुगेको छ ।
न्यू एक्टिभिटिज क्लव कानाकोटका संस्थापक,पूर्ब अध्यक्ष, सल्लाहकार समिति संयोजक पाण्डे नेकपा एमाले धुनीबेंसीको अध्यक्ष समेत हुनुहुन्थ्यो । गत स्थानीय निर्वाचनमा पाण्डे नेकपा एमालेको तर्फबाट धुनिबेसी नगरपालिकाको प्रमुख पदमा पराजित हुनुभएको थियो ।

नेकपा एमालेको नेता भएपनि पाण्डे यस क्षेत्रका हरेक राजनितिक दलका नेता कार्यकर्ता बिच प्रिय हुनुहुनथ्यो । हक्की स्वभाव र तत्काल निर्णय दिनसक्ने क्षमताको कारण पाण्डेको उपस्थितिलाई अन्य राजनैतिक दलले समेत शालिन नेताको रुपमा स्विकार गर्दथे ।
पाण्डेको शव अन्त्येष्ठी काठमाण्डौंका पशुपति आर्यघाटमा गरिएको छ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले स्वर्गिय रामराजाको शवमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिनुभएको छ । आर्यघाटमा पाण्डेलाई श्रद्धाञ्जली दिन नेकपा एमालेका केन्द्रिय सदस्य खेम लाेहनी,धादिङ अध्यक्ष भुमि त्रिपाठी, सचिव राधिका सापकोटा, प्रदेश तथा जिल्ला तहका नेता कार्यकर्ता, शुभ चिन्तकहरुका साथै नेकपा एकीकृत समाजवादीका केन्द्रिय उपाध्यक्ष राजेन्द्र पाण्डे समेत पुग्नु भएको थियो ।
स्वर्गिय पाण्डेका एक श्रीमती र ३ छोरीहरु छन ।
राजनीतिक कार्यकर्ता भएरपनि सामाजिक अभियानमा सक्रिय र जनताका लाेकप्रिय नेताका रुपमा परिचित हुनुहुन्छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar