याे सरकार ८४ सम्म चल्छ : एमाले महासचिव शंकर पाेखरेल

याे सरकार ८४ सम्म चल्छ : एमाले महासचिव शंकर पाेखरेल

  • Kandara Samachar

  • सोमवार, असार ४, २०८१

  • 149
    SHARES
याे सरकार ८४ सम्म चल्छ : एमाले महासचिव शंकर पाेखरेल

धादिङ ।

याे कार्यकाफरलभर यहि सरकार चल्ने र मिसन ८४ ले एमालेकाे सरकार बन्ने नेकपा एमाले महासचिव शंकर पाेखरेलले बताउनुभएकाे छ ।
नेकपा एमालेकाे जिल्ला स्तरीय प्रशिक्षणकाे उद्घाटन गरि प्रशिक्षण दिन धादिङबेसी अाउनुभएका महासचिव पाेखरेलले मुलुककाे संकटबाट जाेगाउन वर्तमान समिकरण बनेकाे बताउनुभयाे ।
प्रेस चाैतारी धादिङले पत्रकार भेटघाट कार्यक्रमकाे अबसरमा निरासाबाट राेकेर मुलुकलाई सहिबाटाेमा ल्याउन एमाले सरकारमा सहभागी भएकाे पाेखरेलकाे भनाइ छ ।
जनताकाे मुद्दामा सरकारकाे ध्यान जानू पर्ने र जनताकाे लागि काम गरुनजेल सरकार नढल्ने महासचिव पाेखरेलकाे धारणा छ ।
एमाले महासचिव पाेखरेलले याे समिकरण सरकारबाट काम गर्न सकिन्छ भनेर नभई बिग्रेकाे कार्य राेक्न समिकरण सरकार बनेकाे बताउनुभयाे ।
सरकार २०८४ सम्म चल्ने बताउदै नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लागिएकाे महासचिव पाेखरेलकाे भनाई छ ।
‘नागरिक बलियाे हुन राज्य बलियाे हुनुपर्छ, राज्य बलियाे हुनका लागि दल बलियाे हुनुपर्छ।’ पाेखरेलले बताउनुभयाे ।
नेकपा एमालेकाे जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रमकाे उद्घाटन गर्दै महासचिव पाेखरेलले राज्यशक्तीकाे श्राेत जनता भएकाेले जनताकाे मतबाट २०८४ काे निर्वाचन जित हासिल गर्ने बताउनुभयाे ।
३ दिनसम्म जिल्ला कमिटी सदस्यहरुका लागि संचालन हुने प्रशिक्षणमा एमाले उपमहासचिव प्रदिप ज्ञावालीले समाजवाद र समृद्ध नेपाल निर्माणका अाधारहरुका विषयमा प्रशिक्षण दिनुभयाे ।
प्रशिक्षण कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ ईन्चार्ज धर्मदत्त देवकाेटा, जिल्ला अध्यक्ष भुमि त्रिपाठी लगायतकाे सहभागिता छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar