पृथ्वीराजमार्गमा दुईवटा सवारी दुर्घटनामा २० जना भन्दा बढी घाइते

पृथ्वीराजमार्गमा दुईवटा सवारी दुर्घटनामा २० जना भन्दा बढी घाइते

  • Kandara Samachar

  • शुक्रबार, असार १, २०८१

  • 121
    SHARES
पृथ्वीराजमार्गमा दुईवटा सवारी दुर्घटनामा २० जना भन्दा बढी घाइते

सुदिप अधिकारी/ धादिङ

पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ बजार नजिकै दुई वटा सवारी दुर्घटनामा परेको छ । दुर्घटनामा २० जना भन्दा बढी घाइते भएका छन् ।

नेपालगञ्जबाट काठमाडौतर्फ आउँदै गरेको भे १ ख ४०६० नम्बरको यात्रु बस सडकबाट त्रिशुली नदी किनारमा खसेको छ । काठमाडौबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३९ च ३७२० नम्बरको कारले अगाडिको सवारी ओभर्टेग गर्ने क्रममा विपरित दिशाबाट आइरहेको बसमा ठक्कर दिँदा बस सडकबाट नदी किनारमा खसेको प्रत्यक्षदर्शीको भनाई छ ।

तीव्र गतिमा रहेको कारले बसलाई ठक्कर दिएको र कारलाई जोगाउन खोज्दा बस दुर्घटनामा परेको प्रारम्भीक अनुमान छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँच जना गम्भीर घाइते छन् । ४५ जना भन्दा बढी यात्रु बोकेको बसका यात्रु भने धेरैजसो सुरक्षित छन् । बस नदीमा नडुबेकोले पनि यात्रुको सुरक्षित उद्दार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक रबिन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

घाइतेहरुलाई नजिकैको स्वास्थ्य संस्थाहरुमा उपचार गरिदैछ । गम्भीर घाइतेहरुलाई चितवन तर्फ पठाइएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar