गुटबन्दीले पार्टी हारेकाे एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेकाे भनाइ

गुटबन्दीले पार्टी हारेकाे एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेकाे भनाइ

  • Kandara Samachar

  • बुधबार, बैशाख २६, २०८१

  • 327
    SHARES
गुटबन्दीले पार्टी हारेकाे एमाले  उपाध्यक्ष सुरेन्द्र पाण्डेकाे भनाइ

नानु कार्की/ धादिङ ।

नेकपा एमाले धुनीबेसी पालिका कमिटीको दाेश्राे नगर अधिवेशनकाे उद्घाटन गरिएकाे छ ।
नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एमाले हार्नूमा प्रमुख कारण पार्टी भित्रको गुटबन्दी प्रमुख कारण भएको बताउनुभएको छ ।
नेकपा एमाले धुनीबेसी नगरपालिकाको दोश्रो नगर अधिवेशनको मंगलबार उद्घाटन गर्दै एमाले उपाध्यक्ष पाण्डेले एमाले गतनिर्वाचन हार्नुमा तत्कालिन गठबन्धन, गुटबन्दी भएर वा पार्टी नै कमजोर भएर हुनसक्ने भएकोले समिक्षा गर्दै अघि बढ्न आग्रह गर्नुभयो ।
पार्टी छाडेर गएकाहरुलाई आफ्नो घर फर्कन आग्रह गर्दै एमालेबाहेकले राष्ट्रिय दृष्टिकोण राख्न नसक्ने बताउनुभयो ।
एमाले उपाध्यक्ष पाण्डेले समाजबादको आधार तयार गर्नका लागि एमालेका गाउँ नगर कमिटिहरुले स्पष्ट योजना र दृष्टिकोणसहित लाग्न आग्रह गर्दै मिस ८४ अन्तरगत एमालेले विजय हासिल गरेपछि बापन्थी एकता सहित सुखी नेपाली समृद्ध नेपाल बनाउने संकल्प पुरा गर्ने बताउनुभयो ।पाण्डेले २०८४ का निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्तिको रुपमा आउने दावी गर्नुभयो । उहाँले देशभर एमालेको पक्षमा जनलहर आइरहेको बताउनु भएको छ । भखरै सम्पन्न निर्वाचनले एमाले पहिलो राष्ट्रिय शक्तिका रुपमा देखाएको बताएका छन्।
उपाध्यक्ष पाण्डेले भन्नुभयो हामीले संगठनलाई अझै मजबुद बनाउनुको विकल्प नरहेको बताए।’ उहाँले समाजवाद उन्मुख अर्थ व्यवस्था सहित जनजीविकाको सवालमा पार्टी अझै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
नेकपा एमाले केन्द्रीय सदस्य धर्मदत्त देवकोटाले बैचारिक रुपमा स्पष्ट नेतृत्व निर्माण गरि मिसन ८४ अन्तरगत विजय हासिल गर्न शुभकामना व्यक्त गर्नुभयो । नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले सबै कार्यकर्तालाई एकजुट भएर पार्टी निर्माणमा लाग्र्दै जनपक्षिय काम समेत गर्न आग्रह गर्नुभयो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar