एमाले निर्णयक शक्ति हुन कसैले रौक्न सक्दैन

एमाले निर्णयक शक्ति हुन कसैले रौक्न सक्दैन

  • Kandara Samachar

  • मङ्लबार, बैशाख २५, २०८१

  • 45
    SHARES
एमाले निर्णयक शक्ति हुन कसैले रौक्न सक्दैन

मिसन  ८४ अन्तरगत एमाले निर्णयक शक्ति हुन कसैले रौक्न सक्दैन

सीताराम अधिकारी धादिङ ।

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुुब्बा गुुरुङले नेकपा एमालेलाई राष्टिु«य शक्तिहुनबाट कसैले रोक्न नसक्ने बताउनुुभएको छ ।   नेकपा एमाले नीलकण्ठ नगरपालिका कमिटिको दोश्रो नगर अधिवेशनलाई धादिङबेसीमा सोमबार सम्बोधन गर्दै एमालेले २०८४ मा आफूले बहुमत ल्याउने बताउनुुभयो । समाजबादको आधार तयार गर्नका लागि एमालेले एक्ले निर्णायक शक्ति हुनेभएपनि सबै बामपन्थी शक्तिहरु मिलेर समाजबाद उन्मुख निति कार्यक्रम ल्याउने गुरुङले बताउनुुभयो ।

समाजवादको आधार तय गर्ने खालका कार्यक्रम र योजना पालिकास्तरमा बनाउन कार्यकर्तालाई अनुरोध गर्दै एमाले स्पष्ट, निति, विचार, सिद्धान्तका आधारमा नेतामुखी नभइ पार्टीमूखी हुनुपर्ने बताउनुुभयो ।

संसरकै राम्रो र जनताले रुचाएको लोकप्रियि पार्टी भएकोले यसले चरम दक्षिणपन्थी र उग्रपन्थीसंग तालमेल नगर्ने बताउँदै उपमहासचिव गुरुङले एमाले विकासको सम्बाहक, भ्रष्टाचार निर्मूल, सुव्यवस्था कायम गर्ने पार्टीको रुपमा विकास भएको तथ्यले देखाएको दावी गर्नुभयो । नेकपा एमालेले २०८१ लाई पार्टी शुद्धिकरणको वर्ष बनाएको पनि गुरुङको भनाइ छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य धादिङ इन्चार्ज धर्मदत्त देबकोटाले एमालेले संगठन निर्माणका उत्कृष्ठ काम गर्दै धादिङ जिल्ला उत्कृष्ठा भएकोले अब विकासको आधारसहित अघि बढेर निर्वाचनमा समेत उत्कृष्ठता हासिल गर्ने बताउनुुभयो । नेकपा एमाले केन्द्रीय सदस्य खेम लोहनी, जानुका सिंखडाले एमालेले जित्नेगरि संगठन निर्माण गर्दै सक्रिय भएर काम गर्न आग्रह गर्नुभयो ।

 

नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले हामी जित्न सक्दैनौँ भन्ने मानसिक डर हावी भएकोले मत धेरै भएर पनि प्राविधिक रुपमा हारेको बताउनुुभयो । मिसन ८४ मा नीलकण्ठ नगरपालिका मात्र नभइ धादिङमा १३ पालिका र १०४ वडा जितेर एमाले झण्डा पहराउने दावी गर्दै एमालेलाई हार्ने छुट नभएको बताउनुुभयो । जनता र पार्टीको काम नगरि माथीको आसिर्ववादले टिकट नपाइने भन्दै त्रिपाठीले जनताका लागि काम काम गरेर टिकटले आफूलाई खोज्ने बनाउन आग्रह गर्नुभयो ।

नेकपा एमाले नीलकण्ठ नगर कमिटिका अध्यक्ष दयाराम लम्सालको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नेकपा एमाले जिल्ला उपाध्यक्ष अर्जुन श्रेष्ठ, सचिव राधिका सापकोटा, निलकण्ठ नगरपालिका इन्चार्ज बेधनिधि पाठक लगायतले शुुभकामना व्यक्त गर्नुभयो । २ सय ३३ जना प्रतिनिधि रहेको नीलकण्ठ नेकपा एमालेले ५१ सदसिय नगर कमिटि र ५ सदसिय लेखा कमिटिको निर्वाचन गर्ने छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar