राजनीतिक आस्थाको आधारमा गरिएकाे विभेद विरुद्ध कर्मचारी संगठन

राजनीतिक आस्थाको आधारमा गरिएकाे विभेद विरुद्ध कर्मचारी संगठन

  • Kandara Samachar

  • बुधबार, बैशाख १९, २०८१

  • 115
    SHARES
राजनीतिक आस्थाको आधारमा गरिएकाे विभेद विरुद्ध कर्मचारी संगठन

नानु कार्की /धादिङ

राजनीतिक आस्थाका आधारमा स्थानीय सरकारले गरेकाे विभेदकाे विरुद्ध नेपाल निजामती कर्मचारी संगठन एकतावद्ध भएर लाग्ने उद्घाेष गरेकाे छ ।
स्थानीय तहकाे सरकारले गर्ने सरुवा, अनधिकृत रुपमा माक बिहिन बनाउने, जिम्मेवारीबाट हटाउने, अादी क्रियाकलापमा राजनीतिक पुर्वाग्रह देखिएकाेले यश किसिमका हर्कत राेक्न नेपाल निजामती कर्मचारी संगठनले माग गर्दै बुधबार प्रशिक्षण कार्यक्रम आयोजना गरेकाे छ ।
कार्यक्रमलाई नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ काेईराला, उपाध्यक्ष भवानी दहाल, नेकपा एमाले जिल्ला सचिव राधिका सापकाेटा, आधिकारिक ट्रेड युनियनका अध्यक्ष रामचन्द्र ईटनी लगायतले सम्बाेधन गर्दै कानुन विपरितका क्रियाकलाप नगर्न आग्रह गर्नुभयाे ।
नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष बिरबहादुर दुवाडीकाे अध्यक्षतामा भएकाे कार्यक्ररमा पेशागत हक हित पूरा गर्दै सुखि नेपाली समृद्ध नेपालकाे राष्ट्रिय लक्ष्य पूरा गर्न स्थाई सरकार कर्मचारी लाग्नु पर्ने बताईएकाे छ ।
पेशागत दक्षताका लागि संगठन सुदृढीकरण प्रशिक्षण कार्यक्रममाकाे नेपाल निजामती कर्मचारी संगठन, नेपाल जनस्वास्थ्य प्राविधिक संघ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ र राष्ट्र सेवक वहुद्देसिय सहकारी संस्थाले धादिङबेसिमा अायाेजना गरेकाे हाे ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar