अत्याधिक मत सहित एमालेका सुहाङ नेम्वाङ विजयी

अत्याधिक मत सहित एमालेका सुहाङ नेम्वाङ विजयी

  • Kandara Samachar

  • मङ्लबार, बैशाख १८, २०८१

  • 159
    SHARES
अत्याधिक मत सहित एमालेका सुहाङ नेम्वाङ विजयी

काठमाडौं ।

शनिवार सम्पन्न इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्बाङ भारी मतान्तरले बिजयी भएका छन् ।

नेम्बाङका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका डम्बर खड्काले २१९४२ मत प्राप्त गर्दा उनले २७७७२ मत प्राप्त गरी बिजयी भएका हुन् । नेम्बाङ र खड्का बिचको मतान्तर ५८३० रहेको छ ।

यसका साथै पहिचानवादी पक्षधरको रूमपा चित्रित डेकेन्द्रसिंह थेगिमले ११४५७ मत प्राप्त गरेका छन् भने रास्वपाका मिलन लिम्बुले ५०५० मत प्राप्त गरेका छन् ।

त्यसैगरी कुखुराको भाले चिन्हमा ८१६ मत प्राप्त हुदा कलम चिन्हमा भने ४०८ मत आएको छ । हलो चुनाब चिन्हमा भने ४०४ मत प्राप्त भएको छ ।

गोरूगाडाको चक्का पाङ्ग्रो चिन्हमा २०६ मत आउदा लाउड स्पिकर चुनाब चिन्हमा ११८ मत प्राप्त भएको छ । यश बाहेका अन्य चुनाब चिन्हभएका हरूले ३ अंकको मत प्राप्त गर्न सकेनन्।

जम्मा ६९३७४ प्राप्त मतको गणना हुँदा ९०२ मत वदर भेटिएका थिए ।

इलाम क्षेत्र नं. २ मा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, देउमाई नगरपालिका, इलाम नगरपालिकाको १–९, ११ र १२ र माई नगरपालिकाको वडा ६–८ समेटिएको छ ।

इलाम क्षेत्र नं २ मा पुरूष ५८ हजार ७ सय ८४ जना, महिला ५६ हजार ५ सय ५६ जना र तेश्रो लिङ्गी दुई जना गरी १ लाख १५ हजार ३ सय ४२ जना मतदाता छन् ।

गत ०७९ को निर्वाचनमा ६२ प्रतिशत मत खसेको ईलाम २ मा यसपाली ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले बताएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar