क्यालेन्डरमा बिसे नगर्ची

क्यालेन्डरमा बिसे नगर्ची

  • Kandara Samachar

  • आइतवार, बैशाख २, २०८१

  • 87
    SHARES
क्यालेन्डरमा बिसे नगर्ची

धादिङ ।
पृथ्वीनारायण शाहलाई नेपाल एकिकरणको बेला बिचार र दौलतले समेत सहयोग गर्ने बिसे नगर्ची अंकित क्यालेण्डर धादिङमा प्रकाशन गरिएको छ ।
तत्कालिन गोरखा दरबारमा सिलाई बुनाइ गर्ने, नगरा बजाउने, कटुवाल पलाक्ने, पृथ्वीनारायणशाहले थालेको नेपाल एकिकरण अभियानमा गोरखाली फौजसंग लडाइँमा नगरा बजाउन हिड्ने बिसे नगर्चीको धादिङबेसीमा दलित शशक्तिकरण समाज नामक गैर सरकारी संस्थाले सार्वजनिक गरेको क्यालेण्डरमा पृथ्वीनारायण शाहसंग बराबरी हैसियत दिएर फोटो र छोटो जिवनी सार्वजनिक गरेको छ ।
जातका हिसावले दलित भएपनि राजालाई सल्लाह दिने र राज्यलाई एकिकरणका लागि नागरिकको तर्फबाट चन्दा दिएर जनताले सघाउँछ भन्ने सन्देश दिएका बिसे नगर्चीबारे कार्यक्रममा चर्चा गरिएको थियो ।
बिसे नगर्ची सिलाई बुनाइ गर्ने, र नगरा बजाउनेमात्र नभइ गोर्खाली सेनामा प्रत्यक्ष सहभागि भएका पात्रको रुपमा यदाकदा इतिहासका लेखिएको पाइन्छ ।
बिसे नगर्चीको जन्मबारे एकिन तथ्य भेटिएको छैन तर पृथ्वीनारायण शाहले पनि तेतिखेर ‘तँ बुढो दमै’ भनेको भनाइबाट उनको जन्म बि.सं. १७५० भन्दा पहिले हालको गोरखा दरबार क्षेत्र नजिक भएको बुझिन्छ ।

राज्य बिस्तारमा राजासंगै लडाइँमा हिडेका राजालाई सल्लाह समेत दिनसक्ने क्षमता भएकोले बिसे नगर्चीको फोटो पृथ्वीनारायण शाहकै हैसियतमा राखिएको दलित शशक्तिकरण संघका अध्यक्ष गोपाल विश्वकर्माले बताउनुभयो । नयाँ वर्षको शुभकामना र क्यालेण्डर बिमोचन कार्यक्रममा बागमति प्रदेशका साम्सद शिवराज अधिकारीले आर्थिक रुपमा कमजोर भएकोले दलितहरुको अधिकार र आर्थिक उन्नतीमा जोड दिन आफूले समेत पहल गर्ने बताउनुभयो ।
नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्ह्वकर्माले दलित समूदायको स्वास्थ्य शिक्षामापहुँच र संविधानले ग्यारेन्टी गरेको अधिकार स्थानीय सरकारले पुरा गर्ने कार्यक्रमहरु ल्याउँदै गरेको बताउनुभयो ।
कार्यक्रmमा दलित समूदायका अगुवा तथा नागरिकहरुको सहभागिता रहेको थियो ।
–––


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar