धादिङ जिल्ला स्तरिय एन्फा लिगमा धुनिबेसीलाई उपाधी,

धादिङ जिल्ला स्तरिय एन्फा लिगमा धुनिबेसीलाई उपाधी,

  • Kandara Samachar

  • सोमवार, चैत्र १२, २०८०

  • 59
    SHARES
धादिङ जिल्ला स्तरिय एन्फा लिगमा धुनिबेसीलाई उपाधी,

रामहरी थापा/ धादिङ ।
धादिङ जिल्ला फुटबल संघकाे आयाेजनामा सम्पन्न भएकाे दशाैं जिल्ला लिग फुटबलको उपाधी धुनिबेसी युवा समाजले १६ वर्षपछि जितेकाे छ ।
२०६४ सालमा पहिलाे जिल्ला लिग जितेकाे यस क्लवले १६ वर्ष पछि याे दशाैं जिल्ला लिग जितेकाे हाे । दोस्रो, तेस्रो र नवौं जिल्ला लिगमा उपविजेता बनेकाे धुनिवेसीले यस पटक भद्रकाली सामुदायिक समाज मलेखुलाई २-१ काे गाेल अन्तरले पराजित गर्दै जित हासिल गरेकाे हाे ।
जित सँग धुनीबेसीले एन्फा प्रदेश लिग खेल्न पाउने छ भने नगद १ लाख ५० हजार जितेकाे छ । यस अघि ३ वटा जिल्ला लिगमा च्याम्पियन बनेकाे भद्रकाली यस पटक उपविजेता बन्दै ७५ हजार र सान्तोना भएका ब्वाइज युननाईटेड र गलाैदी युवा समाजले २५–२५ हजार नगद हात पारे । यस्तै सर्वाधिक गोलकर्ता धुनीबेसीका जर्सी नम्बर ९ का प्रदिप डंगोल, उत्कृष्ट गोलकिपर धुनीबेसी कै जर्सी नम्बर १ का सक्सेस श्रेष्ठ, बेस्ट डिफेन्डरमा धुनीबेसी कै जर्सी नम्बर ५ सुवाष ए.सी बने, भने वेष्ट स्टाईकर भद्रकालीका तारा आले मगर घोषित भए उनीहरुलाई जनही नगद ५-५ हजार प्रदान गरिएको धादिङ जिल्ला फुटबल संघका महासचिव रामहरि थापाले बताए ।
संघीय सांसद राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा भएको पुरस्कार वितरण कार्यक्रममा एन्फा धादिङका अध्यक्ष रमेश अधिकारीकोे सभापतित्व तथा एन्फाका केन्द्रिय उपाध्यक्ष दिपक खतिवडा, धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य , थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्य, धुनिवेशीका उपमेयर सुरज उप्रेती, स्थानीय राजनीतिक दलका प्रतिनीधिहरु वडाका वडा अध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar