जिल्ला स्तरिय बुद्धिचालमा धुनिबेसीका मनिष काेईराला प्रथम

जिल्ला स्तरिय बुद्धिचालमा धुनिबेसीका मनिष काेईराला प्रथम

  • Kandara Samachar

  • शनिबार, फाल्गुन १२, २०८०

  • 164
    SHARES
जिल्ला स्तरिय बुद्धिचालमा धुनिबेसीका मनिष काेईराला प्रथम

धादिङ ।
नमुना बागेश्वरी बहुमुखी क्याम्पसको आयोजनामा सम्पन्न धाडिङ जिल्ला ब्यापि बुद्धिचाल प्रतियोगिताको उपाधि धुनिबेसि खानी खोलाका मनिष कोइरालाले हाता पारेका छन्।
मछिन्द्र बहुमुखी क्याम्पसका मनिषले शनिबार भएको पाँच चरणको खेलमा ५ जित निकालेका छन्।
सत प्रतिशत जित निकाल्ने क्रममा उनले संदिल श्रेष्ठ , राजेन्द्र रिमाल, शंकल्प पौडेल, सुदिन नेपाल र आशिष् लामिछाने माथि प्रभावशाली जीत दर्ता गर्दै नगद रु.७ हजार हात पारेकाे गल्छीका सन्दिप घिमिरेले जानकारी दिनुभयाे ।
नमुना बागेश्वरी बहुमुखि क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं प्रतियोगिताका संयोजक रेशमराज खतिवडाको सक्रियतामा सञ्चालन भएको खेलमा गल्छिका स्थानीय व्यवसायी बिष्णु मिश्रले ४ अंक सहित दोश्रो स्थानमा रहन सफल भएका छन्। उनले नगद रु. ५ हजार प्राप्त गरेका छज्। वैरेनीका रोशन दुवाडीले डाइरेक्ट इन्काउण्टरका आधारमा ४ अंक हासिल गर्दै तेश्रो स्थानमा रहन सफल भएका छन्। उनले नगद रु. ३ हजार प्राप्त गरेका छ ।
जिल्लाका शिर्षस्थ ४३ स्थानीय खेलाडीहरुको सहभागीता रहेको बुद्धिचाल प्रतियोगितामा भेटेरान तर्फ खिम प्रसाद अमगाँईं, उत्कृष्ट युवा १६ मा सौगात ढकाल , उत्कृष्ट विद्यार्थीमा एलेक्स बर्टौला , उत्कृष्ट नमूना क्याम्पसका अपील रिमाल र उत्कृष्ट महिला खेलाडी कृष्णा श्रेष्ठले आफूहरुलाई अब्बल प्रमाणीत गर्न सफल भएका छन्। शनिबार भएको समापन समारोहमा गल्छि गाउँपालिकाका अध्यक्ष केदार नाथ खतिवडाले विजयी खेलाडीहरुलाई २१ हजार नगद पुरस्कार वितरण गरेका छन। शिक्षा तथा खेलकुद शाखा प्रमुख पेमा डोर्जे थोकरले मेडल प्रदान गरेका थिए । नेपाल बुद्धिचाल संघका अध्यक्ष हिराकाजि महर्जनले विजयी खेलाडी मनिष कोइरालालाई ट्रफी प्रदान गरेका छन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar