हिलटप नजिक दुर्घटना, २५ जना घाईते

हिलटप नजिक दुर्घटना, २५ जना घाईते

  • Kandara Samachar

  • शनिबार, फाल्गुन ५, २०८०

  • 129
    SHARES
हिलटप नजिक दुर्घटना, २५ जना घाईते

धादिङ ।
काठमाण्डाैबाट देबघाट हुँदै तिर्थयात्रामा हिडेकाे सवारी साधन धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ हिलटप होटल नजिक शनिबार दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
पृथ्वीलोकमार्गमा काठमाण्डौबाट चितवन तर्फ जादै गरेको बा ५ ख ५०७१ नं.को बस र विपरित दिशाबाट आउदै गरेको लु १ ख ५२६८ नं.को ट्रक एक आपसमा ठक्कर खायर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयाे ।
काठमाडौं कलंकी स्थित भजन मण्डली समेत रहेकाे तिर्थयात्रामा हिडेकाे टाेली सडक माेडमा दुर्घटनामा परेकाे थियाे ।
यात्रु चालक सहचालक गरि ३२ जना रहेकाे बसमा भएका सबै घाईतेकाे स्थानीय सामाजिक कार्यकर्ता र प्रहरीले उद्धार मलेखु टिचिङ अस्पताल र राजमार्ग सामुदायिक अस्पतालमा पुर्याईएकाे थियाे ।
साधारण उपचारपछि ८ जनालाई काठमाण्डाै पठाईएकाे छ भने अन्यकाे उपचार भईरहेकाे छ ।
५ जना गम्भीर घाईते छन् भने बाँकाे अवस्था मध्यम छ ।
दुर्घटना पछि बन्दभएकाे सवारी अावागमन पुन: सुचारु भएकाे छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar