बलात्कार आराेपमा एकजना पक्राउ

बलात्कार आराेपमा एकजना पक्राउ

  • Kandara Samachar

  • बिहिबार, अशोज २५, २०८०

  • 106
    SHARES
बलात्कार आराेपमा एकजना पक्राउ

ललितपुर, २५ असाेज । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने काभ्रे पनौती घर भएका २८ वर्षीय दीपक लामालाई प्रहरीले पक्राउ गरेको छ ।

 

लामाले ती बालिकालाई असोज २० गतेदेखि २३ गतेसम्म पटकपटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

 


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar