प्रविन रिजाल
धादिङ । २५ असाेज
आफ्नो प्रेमिकाको हत्या गरेको आरोपमा सप्तरी काचन (साविक काचन गाविस–६) का ३५ वर्षिय अरुण कुमार मिझारलाई जिल्ला अदालत धादिङले बुधबार पुरपक्षका लागि थसनामा पठाएकाे छ ।
कर्तव्य ज्यान मुद्धाको प्रतिवादी मिझारलाई असोज ५ गते सप्तरी काचन वोदेबर्साइन नगरपालिकावडा नम्बर ८ काचनबाट पक्राउ गरेकाे थियाे
मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नम्बर ५ की ३२ वर्षिय ललिता कुमारी रामको २०७४ सालमा हत्या गरी फरार रहेका मिझारलाई विदेश गएर नेपाल फर्के पछि लुकिछिपि बसेका थिए ।
२०७४ भदौ २१ गते मोरङबाट काठमाडौ आएको र २०७४ असाेज १२ गते धादिङको धुनीवेशी नगरपालिका–९ टायलघरस्थित पृथ्वी राजमार्ग अधेरीखोलामा वेवारिसे दुर्गन्धित अवस्थामा ललिताकाे शव भेटिएको थियो ।
काठमाडौ ल्याउदा धादिङकाे साे क्षेत्रमा हत्या गरेकाे भन्ने अाराेपमा मुल्तवीमा राखिएकाे मुद्दा आराेपित पक्राउपछि मुद्दा चलेकाे थियाे । बुधबार जिल्ला न्यायाधीश गाेपाल प्रसाद बास्ताेलाकाे ईजलासले आराेपितलाई पुरपक्षका लागि थुनामा राख्ने आदेश गर्नु भएकाे छ । आराेपित बुधबार कारागार चलान गरिएकाे छ ।