सवारी दुर्घटनामा एककाे मृत्यु

सवारी दुर्घटनामा एककाे मृत्यु

  • Kandara Samachar

  • बिहिबार, अशोज २५, २०८०

  • 27
    SHARES
सवारी दुर्घटनामा एककाे मृत्यु

सीताराम अधिकारी

धादिङ ।

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ मझिमटारमा बस र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटारका ३३ वर्षीय राजेश गिरि रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो।

दुर्घटनामा परि घाइते भएका गिरिको काठमाडौंस्थित बिएन्डबी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको हाे ।

बुधबार काठमाडौंबाट बर्दियातर्फ जादै गरेको भे १ ख ४०४९ नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको बाग्मती प्रदेश ०२–०४० प ५०८० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar