निर्माण मजदुरका लागि एचआईभीएड्स र लैंगिक हिंसाका विषयमा सचेतना

निर्माण मजदुरका लागि एचआईभीएड्स र लैंगिक हिंसाका विषयमा सचेतना

  • Kandara Samachar

  • शनिबार, अशोज १३, २०८०

  • 82
    SHARES
निर्माण मजदुरका लागि एचआईभीएड्स र लैंगिक  हिंसाका विषयमा सचेतना

गजुरी/
नौविसे मलेखु सडक खण्ड स्तरोन्नतीमा कार्यरत सम्वन्धित कार्यरत सवारी चालक , सह चालक र अप्रेटर तथा मजदुरहरुका लागि एचआईभीएड्स र लैंगिक हिंसाका विषयमा सचेतना कार्यक्रम गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेसीमा शुक्रबार सम्पन्न भएकाे छ ।
मजदुरहरुका लागि एचआईभीएड्स र लैंगिक हिंसाका विषयमा अभिमुखीकरण गरिएकाे हाे ।
शर्मा लामा जेड आई सी जी जे भी निर्माण व्यवसायीको आयोजनामा एस एम इ सी पी इ सी को सुपरिभिजन सडक विभागको सहयोग र विश्व वैङक को आर्थिक तथा प्राविधिक सहयोगमा एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा नौविसे मलेखु सडक खण्ड स्तरोन्नती सँग सम्वन्धित कार्यरत सवारी चालक , सह चालक र अप्रेटर हरुको सहभागितामा सम्पन्न गरिएको थियो । कार्यक्रममा एच आई भी एडस के हो यसवाट कसरी वच्ने यसको रोकथाम तथा न्युनिकरणका उपायहरु निर्माण क्षेत्रमा एच आई भी एडस को जोखिम लगायत लैंगिक हिंसा , हिंम्सा कसरी भैरहेको छ निर्माण क्षेत्रमा हुने हिंसा , न्युनिकरणको उपायहरु जस्ता विविध पक्षको वारेमा जानकारी गराईएको छ ।
कार्यक्रममा ३२ जनाको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण सिड्स नेपालका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतिले, नानु कार्कीले सहयोगीको भुमिका र कार्यक्रम सञ्चालन सोही निर्माण व्यवसायीकी लैगिक हिंसा न्यूनिकरण अफिसर विपना प्याकुरेलले गर्नुभएको थियो । कार्यक्रमको व्यवस्थापन शर्मा लामा जेड आई सी जी जे भी निर्माण व्यवसायीका सामाजिक विज्ञ नर्मदा अर्याल ले गर्नुभएको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar