गल्छी सामुदायिक विद्युतिकरण विवाद, : न्यायमाग्दा पालिकाकाे ढाेकैमा कुटपिट

गल्छी सामुदायिक विद्युतिकरण विवाद, : न्यायमाग्दा पालिकाकाे ढाेकैमा कुटपिट

  • Kandara Samachar

  • सोमवार, अशोज ८, २०८०

  • 493
    SHARES
गल्छी सामुदायिक विद्युतिकरण विवाद, : न्यायमाग्दा पालिकाकाे ढाेकैमा कुटपिट
  • सीताराम अधिकारी

गल्छी(धादिङ)

गल्छी गाउँ पालिकाकाे सामुदायिक विद्युतिकरणमा भएको चरम अनियमितताबारे न्यायिक समितिमा छलफल गरेर निस्किएका गल्छी गाउँपालिका वडा नम्बर ५ सागिनेका देव भन्ने सुजन थिङमाथी कुटपिट भएको छ ।
उपभोक्ताहरुसँग रकम उठाएर काम नगरेको र उपभोक्त लाई विद्युत मिटर नदिएकाे आरोप खेपिरहेका श्री रणकालीका सामाजिक सेवा समितिका तत्कालिन अध्यक्ष कुमार भनिने बेदबहादुर भण्डारी सहितका मानिसहरुले कुटपिट गरेका हुन् ।
एक साताभित्र सबै कागजातसहित पुनः छलफलमा बस्ने सहमतिपछि छलफलबाट निस्किएपनि उनीहरुले गाउँपालिका कार्यालयकै अगाडि कुटपिट गरेको पीडित थिङले बताउनुभययाेगष । छलफलपछि सबैजना आ–आफ्नो बाटो लागिसकेका थिए, गाउँलेहरु फर्किसकेपछि एक्लै भएको बेला ‘तँ बढी बोलिस भन्दै कुटपिट ग¥यो’, पीडित थिङले भने ।
कुटपिटबाट थिङको टाउको, अनुहार र शरीरका विभिन्न भागमा निल डाम परेको छ । कुटपिटमा संलग्नहरु मध्ये हेम रिजाल र मधुकर भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक गौतम मिश्रले बताए ।
रकम उठाएर गाउँलेहरुसँग सम्पर्कविहिन रहेका बेदबहादुर भण्डारीले अनियमितताबारे समाचार संप्रेशण गर्ने पत्रकार र कुरा उठाउने पीडितहरुमाथी समेत काठमाडौं जिल्ला अदालतमा मानहानीको मुद्दा दर्ता गराएको बताइएको छ । आरोपित भण्डारीले पीडित थिङसहित अनियमितताबारे आवाज उठाउने स्थानीयहरुमाथी पनि मुद्धा दर्ता गराएका छन् । स्थानीयहरुले भने आफुलाई बचाउ गर्न अनेकन जालझेल रच्ने क्रममा स्थानीय र पत्रकारमाथी नै मुद्दा दर्ता गराएको भन्दै मुद्दा फिर्ता लिन र उठाएको रकमको सुनिश्चितता गर्न माग गरेका छन् ।
भण्डारीले गल्छी गाउँपालिका वडा नम्बर ४, ५ र ६ सामुदायिक विद्युतिकरण गरिएको क्षेत्रमा मिटर खरिद गर्न रकम उठाएर हिनामिना गरेको आरोप छ । स्थानीयहरुका अनुसार भण्डारीले पाँच वर्षअघि समितिले ९० घरको मिटरका लागि एक हजार दुई सयका दरले, ११ घरका लागि दुई हजारका दरले र बाँकी चार सय घरको दुई हजार दुई सयका दरले मिटर उपलब्ध गराउन कर्मचारी मार्फत २०७१ सालमा पैसा उठाएको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar