लघुवित्त महिला कर्मचारी हत्या आरोपमा एक जनालाई ज्यानसम्बन्धी अभियाेग

लघुवित्त महिला कर्मचारी हत्या आरोपमा एक जनालाई ज्यानसम्बन्धी अभियाेग

  • Kandara Samachar

  • सोमवार, अशोज ८, २०८०

  • 252
    SHARES
लघुवित्त महिला कर्मचारी हत्या आरोपमा एक जनालाई ज्यानसम्बन्धी अभियाेग

प्रविन रिजाल/ धादिङ ।

थाक्रे गाउँपालिका –२ सिम्ले स्थित क्लिफसाइड रिसोर्टमाको शौचालयमा मृत अवस्थामा भेटिएकी २४ वर्षीया एक महिलाको हत्या भएको आरोपमा परिवारले किटानी जाहेरी दिएको छ ।
होटलको एउटा कोठामा बसेका नाडेप लघुवित्तका कर्मचारी रहेकी दोलखा जिल्ला कालिन्चोक गाउँपालिका –८ की २४ वर्षीया सोना भण्डारीको झुण्डीएर मृत्यु नभइ कर्तव्य गरि हत्या गरेकोले कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएकोले दोषीमाथी कारबाहीको लागि पहल गर्न परिवारका तर्फबाट होम पाठकले आग्रह गर्नुभएको छ ।
असोज २ गते बिहान रिसोर्टमा महिला पुगेपछि एउटा कोठा भाडामा लिएर बसेको र आरोपित धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ का २५ वर्षीय भुवन श्रेष्ठ सोही होटलको रुपमा आएर बसेपछि महिलाको हत्या भएको परिवारजनले उजुरीमा उल्लेख गरेको छ ।
होटलको रुपमा बसेपछि रुममै खाना मगाएको र खाना समेत छरिएको, टावल झुण्ड्याउने ठाउँमा पासो लगाएर मरेको भनि आरोपितले खबर गरेकोले घटना पकृति हेर्दा हत्या नै भएकोले कारबाही गर्नुपर्ने पीडित परिवारको माग छ ।
शबको शिक्षकण अस्पतालमा पोष्टमार्टमका लागि लगिएको भएपछि प्रतिवेदन नआएको र उजुरीको आधारमा ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता भइ अदालतबाट म्याद थप गरेर आरोपित भुवन श्रेष्ठलाई हिरासतमा राखि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायव उपरिक्षक मदनबहादुर कुँवरले जानकारी दिनुभयो । आरोपितलाई असोज ३ गते गिरफ्तार गरि अनुसन्धान गरिरहेको छ ।
घटनामा दोषी भएमा कारबाहीका लागि र न्यायका लागि प्रहरीले काम गर्ने प्रहरीको भनाइ छ । आरोपित विरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय गजुरीमा असोज ३ गते उजुरी दिएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar