युनाइटेड सिमेन्ट उद्योगमा दुर्घटना, एकको मृत्यु

युनाइटेड सिमेन्ट उद्योगमा दुर्घटना, एकको मृत्यु

  • Kandara Samachar

  • आइतवार, भदौ ३१, २०८०

  • 108
    SHARES
युनाइटेड सिमेन्ट उद्योगमा दुर्घटना, एकको मृत्यु

नानू कार्की/धादिङ

धुनीबेसी नगरपालिका वडा नम्बर ९ स्थित जुगेडीमा रहेको युनाइटेड सिमेन्ट उद्मोगमा शनिबार भएको दुर्घटनामा एक मजदुरको मृत्यु भएको छ ।

नियमित मजदुरी गर्दै आएका भारतको बिहार निवासी ३८ वर्षीय जितेन्द्र राम को मेसिनमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो ।

युनाइटेस नेपालको ठूलो सिमेन्ट उद्योग भएपनि मजदुरसुरक्षामा ध्यान नदिँदा नयाँ पाइप राख्ने क्रममा लडेर घाइते भएका जितेन्द्र रामको मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

शब मनमोहन अस्पतालमै रहेको र परिवारका सदस्य नआएको बताइएको छ । सिमेन्ट उदोगमा समेत एक मजदुरको मृत्युपछि शनिबार काम रोकिएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar